शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्री ३ दिन आईसियुमै रहने, डायलासीस गरिरहनु पर्ने भएकाले डिस्चार्ज अनिश्चित

प्रधानमन्त्री ३ दिन आईसियुमै रहने, डायलासीस गरिरहनु पर्ने भएकाले डिस्चार्ज अनिश्चित

प्रधानमन्त्री केपी शर्मा ओली अझै कम्तीमा ३ दिन सघन उपचार कक्ष (आईसियु) मा बस्नुपर्ने भएको छ।
 |  बिहीबार, मंसिर १२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १२, २०७६

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली अझै कम्तीमा ३ दिन सघन उपचार कक्ष (आईसियु) मा बस्नुपर्ने भएको छ।

एपेन्डिसाइटिसको शल्यक्रिया गरेका ओली त्यसका लागि पेटमा बनाइएको घाउ निको नहुने बेलासम्म महाराजगंजस्थित शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आईसियुमै रहने भएका हुन्।

चिकित्सकहरुका अनुसार प्रधानमन्त्रीले आफूलाई ठिक भइसकेको र अस्पतालबाट फर्किन चाहेको बताए पनि उनलाई केही दिन आईसियुमै बस्नुपर्ने अवस्था रहेकाले नआतिन आग्रह गरिएको छ।

प्रधानमन्त्री ओलीको शल्यक्रिया गर्दा पेटमा बनाइएको घाउ निको हुन समय लाग्ने र नियमित डायलासिस पनि गर्नुपर्ने अवस्था रहेकाले कति दिन अस्पताल बस्नुपर्छ भन्ने एकिन नभएको प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए।

उनका अनुसार स्वास्थ्यमा भने उल्लेखनीय सुधार भइरहेको छ। बिहीबार बिहान अस्पतालले जारी गरेको विज्ञप्तीमा पनि प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेखनीय सुधार भइरहेको जनाइएको थियो।

मंगलबार बिहान पेट दुखेर अस्पताल भर्ना भएका ओलीको त्यही साँझ एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो।

उनको बुधबार साँझ मिर्गौलाको डायलासीस गरिएको थियो। डायलासीसपछि उनले अझै आराम महशुस गरिरहेको चिकित्सकले बताएका छन्।

प्रधानमन्त्री ओलीको १३ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौलाले काम गर्न छाडेपछि पुनः मिर्गौला प्रत्यारोपणको तयारी भइरहेको छ। त्यसअघि नियमित डायलासीस गर्नुपर्ने भएकाले पनि उनको डिस्चार्जको समय अनिश्चित भएको हो।

प्रकाशित: Nov 28, 2019| 09:35 बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।