शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • हुम्ला टिप्पर दुर्घटनाका घाइतेको १६ घण्टापछि उद्धार, मृतकको संख्या चार पुग्यो

हुम्ला टिप्पर दुर्घटनाका घाइतेको १६ घण्टापछि उद्धार, मृतकको संख्या चार पुग्यो

हुुम्लामा हिजो भएको टिप्पर दुर्घटनाका घाइतेलाई १६ घण्टापछि उद्धार गरिएको छ।
 |  बिहीबार, मंसिर १२, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर १२, २०७६

सुर्खेत- हुुम्लामा हिजो भएको टिप्पर दुर्घटनाका घाइतेलाई १६ घण्टापछि उद्धार गरिएको छ।

दुर्घटनामा गम्भीर घाइते सबैको नेपाली सेनाको एमआई सेभेटिन हेलिकोप्टरबाट उद्धार गरी नेपालगञ्ज पुर्याइएको छ।

जिल्ला अस्पताल हुम्लामा प्राथमिक उपचारपछि उनीहरूलाई थप उपचारका लागि नेपालगञ्ज पुर्याइएको हो। उद्धार गरिएका घाइतेमा सिमकोट-६ का सन्तोष सुनार, कमल रोकाया, अकिल रोकाया, खगेन्द्र रावत, रामकुमार सुनार, नरवीर सुनार, अंग फडेरा, घनसिंह भण्डारी तथा नाम्खा गाउँपालिका-१ का खिउदार तामाङ, नाम्ग्याल तामाङ र नटुक लामा छन्। जसमध्ये अंग, खगेन्द्र, सन्तोष, नुटुप र नाम्ग्यालको अवस्था गम्भीर रहेको प्रहरीको भनाइ छ।

दुर्घटनामा परी नाम्खा गाउँपालिका–१ हेप्काका छिरिङकार्मा लामा, नरी लामा, खार्पुनाथ गाउँपालिका-१ प्युसका बबरजंग शाही र सिमकोट-६ बत्त रोकायाको मृत्यु भएकाे हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तिमगरले जानकारी दिए।

नाम्खा गाउँपालिकाको सल्लीखोलाबाट खाद्यान्न संस्थानको चामल लिएर सदरमुकाम सिमकोट आउँदै गरेको लु४ख ३२६९ नम्बरको टिप्पर हिजो साँझ करिब साढे ३ बजेतिर दुर्घटना भएको थियो।

प्रकाशित: Nov 28, 2019| 06:40 बिहीबार, मंसिर १२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।