शुक्रबार, जेठ ३, २०८२

कम्युनिस्ट सरकार भ्रष्टाचारमा डुब्यो : निधि

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिस्ट सरकारको कारण तराई–मधेशमा विकास निर्माण अगाडि बढ्न नसकेको आरोप लगाएका छन्।
 |  बुधबार, मंसिर ११, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, मंसिर ११, २०७६

जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिस्ट सरकारको कारण तराई–मधेशमा विकास निर्माण अगाडि बढ्न नसकेको आरोप लगाएका छन्।

उपनिर्वाचनको प्रचार–प्रसारको अन्तिम दिन महोत्तरीको विभित्र स्थानमा चुनावीसभालाई सम्बोधन गर्र्दै केन्द्रमा कम्युनिस्ट र प्रदेश २ मा मधेश केन्द्रीतदहरु भ्रष्टाचारमा लिप्त भएपछि विकास प्रक्रिया अगाडि बढ्न नसकेको बताएका हुन्।

महोत्तरीको बलवा नगरपालिकामा आयोजित चुनावीसभामा बोल्दै उपसभापति निधिले सम्मान, पहिचान, अधिकार र विकासको लागि लड्ने एकमात्र पार्टी कांग्रेस रहेको दाबी गरे।

‘महोत्तरीमा कम्युनिस्ट पार्टीले विकास गरेको छ, मधेश केन्द्रीत पार्टीले विकास गरेको छ?’ मतदाताहरुलाई प्रश्न गर्दै उनले भने, ‘यदि २५ प्रतिशतमात्रै विकास भएको छ भने, त्यो नेपाली कांग्रेसले गरेको छ। अरु कसैले होइन।’

अहिलेको कम्युनिस्ट सरकारले भ्रष्टाचारलाई बढावा दिनुका साथै आम जनताको सुरक्षा गर्नसमेत असफल भएको उनले बताए। ‘राम्रो घर बनाउन राम्रो ज्यामी चाहिन्छ, नजात्रे ज्यामीले घर बनाउँदा कस्तो घर बन्छ,’ निधिले भने,‘अहिलेको सरकार त्यस्तै ज्यामी परेको छ, विकास र अधिकारका लागि असल ज्यामी नेपाली कांग्रेस हो।’

अब मधेशमा कुनै मधेशवादी दल नरहेको निधिले दोहर्याए। ‘अब मधेशमा मधेशवादी भत्रे कुनै दल रहेन,’ उनले भने, ‘मधेशप्रति धेरै मोह भए पार्टीको नामबाट सबैले मधेश किन हटाउनु पर्यो ?’

आगामी शनिबार प्रदेश २ को १० स्थानमा उपनिर्वाचन हुँदै छ। प्रदेश २ को धनुषाबाहेक सात जिल्लाका १० स्थानमा शनिबार उपनिर्वाचन हुनलागेको हो। एक गाउँपालिका अध्यक्ष तथा ९ वडा अध्यक्षको लागि उपनिर्वाचन हुने भएको छ।

महोत्तरीको पिपरा गाउँपालिकामा अध्यक्ष, मठिहानी नगरपालिकाको वडा नम्बर ६, बलबा नगरपालिकाको वडा नम्बर २ र ८ मा उपनिर्वाचन हुँदैछ।

प्रकाशित: Nov 27, 2019| 14:51 बुधबार, मंसिर ११, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।