काठमाडाैं । नयाँ ग्यालेक्सी ए सिरिजको स्मार्ट फोन बजारमा सार्वजनिक गरेको छ । सामसङ इलेक्ट्रोनिक्स कम्पनीले आज ग्यालेक्सी ए७३ ५जी, क्यालेक्सी ए५३ ५जी र ग्यालेक्सी ए३३ ५जी बजारमा ल्याएको हो । सामसङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष संगजन पार्क, सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापित र विस्तारित सामग्री सर्जक आकृति राजभण्डारीले संयुक्त रुपमा नयाँ मोडलको स्मार्ट फोन सार्वजनिक गरेका हुन् ।
साे कार्यक्रममा प्रणय रत्न स्थापितले ग्यालेक्सी ए सिरिज बिल्कुलै नयाँ प्रोसेसरद्वारा पावर्ड गरिएको जानकारी दिँदै यसको पहिचान ओआइएसयुक्त एआइ क्यामरा, व्यापकता र चिल्लो डिस्प्ले, आइपि ६७ रेटिङ्ग र धेरै समय चल्ने ब्याट्री जडित भएको बताए ।
यस्तै, नयाँ ग्यालेक्सी ए सिरिजमा ५जी कनेक्टिभिटी, रक्षात्मक ग्रेड सुरक्षा, वातावरण सचेत, स्टाइलिस र छरितो डिजाइन र उन्नत सम्पर्क अनुभवहरु पनि छन् । साथै सबै उपकरणहरूले मोबाइल अनुभव सधैं नै सुनिश्चित गर्न वान युआइ र चौथों पुस्ताको स्तरोन्नति गरिएको एण्ड्रोइड ओएस र सुरक्षालाई पनि निरन्तर समर्थन गर्छन् ।
ग्यालेक्सी ए७३को मूल्य ७२,९९९ रुपैयाँ तोकिएको छ भने यो खैरो, पुदिना र सेताे कलरमा उपलब्ध छ । यस्तै ग्यालेक्सी ए५३ को मूल्य ५५,९९९ रुपैयाँमा छ भने यो कालो र नीलो कलरमा उपलब्ध छ । यसैगरी ग्यालेकसी ए३३ को मूल्य ४६,९९९ रुपैयाँ रहेको छ भने यो पनि कालो, नीलो र आरु कलरमा उपलब्ध छ ।
यी उत्पादनहरु खरिद गर्न सहज होस् भन्नको लागि सामसङले मासिक किस्ता(इएमआइ) को सुविधा पनि ल्याएको छ । यस्तै चुनिएका स्टोरहरुबाट एक्सेञ्ज सुविधाहरु प्नि प्रदान गरेको जनाइएको छ ।