काठमाडौं । कुमारी जब र मैनादेवी फाउन्डेसनबीच ‘काठमाडौं ट्रयास कलेक्सन रेस २०२२’ को लागि सम्झौता भएको छ ।
सम्झौताअनुसार कुमारी जब उक्त कार्यक्रमको आधिकारिक करियर पार्टनर रहेको छ ।
कुमारी जबका प्रबन्ध निर्देशक सन्देश भण्डारीले भने, ‘काठमाडौं ट्रयास कलेक्सन रेस २०२२ का लागि सहकार्य गर्न पाउँदा खुसी लागेको बताएका छन् । सम्झौता कार्यक्रममा बोल्दै उनले भने, ‘हामी सबैले यस्ता वातावरणीय समस्याहरू समाधान गर्न हातेमालो गर्नुपर्छ र युवाहरू यस्ता गतिविधिहरुको महत्वपूर्ण अंश हुन् । नेपालको रोजगारी क्षेत्रलाई पनि यस्तै सचेत र क्रियाशील युवाहरुको खाँचो छ ।’ भण्डारी आफैं पनि युवा उद्यमी हुन् ।
काठमाडौं ट्रयास कलेक्सन रेस २०२२ एकदिने कार्यक्रम हो जहाँ सहभागीहरूले ९० मिनेटमा ६ किलोमिटर दौडँदै फोहोर संकलन गर्नुपर्ने हुन्छ । सहभागीहरूले दुई जनाको टोली बनाउनुपर्नेछ र तोकिएको समयभित्र सबैभन्दा बढी फोहोर सङ्कलन गर्ने ५ टोलीलाई विजेता घोषणा गरिनेछ ।
त्यस्तै सामाजिक कार्यकर्ता केपी खनाल भने सहरलाई सफा राख्नका लागि सबै एकजुट हुनु पर्ने बताउँछन् । सो रेसमा सबै जना सहभागी हुन सक्नेछन् । सहभागी हुन चाहनेले पे–वेल एपमार्फत निःशुल्क रुपमा दर्ता गर्न सक्नेछन् ।
वैशाख १० गते शनिबार बिहान ७ बजे इम्पेरियल बिजनेस कलेज, हात्तीसारबाट सुरु हुने दौडका विजेताले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् ।
नेपालको अग्रणी जब पोर्टल कुमारी जब यस्ता संस्थागत उत्तरदायित्व मुलक सामाजिक अभियानहरुमा सक्रिय रुपले सहभागी हुँदै आएको छ । यो वर्ष काठमाडौँ ट्रयास कलेक्सन रेस २०२२ सँगै अन्य थुप्रै गतिविधिहरु गर्दै जाने कुमारी जबले जनाएको छ ।