काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा बुधबारबाट कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको आयोजनामा क्यान इन्फोटेक सुरु भएको छ ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधि प्रदर्शनीका लागि मेला सुरु भएको हो । इन्फोटेकमा ब्रान्डिङ, आइसिटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट(अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी,इ–वेष्टम्यानेजमेण्ट, ईगभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाईफाई तथा इन्टरनेट र लर्निङ सेन्टर लगायतका विभिन्न खण्डहरू रहनेछन् ।
मेलालाई आईएमई पेले शीर्ष प्रायोजन गरेको छ भने सह प्रायोजको रुपमा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससिटी) रहेको छ । साथै प्लेटिनम प्रायोजकमा वर्ल्डलिङ्क कम्युनिकेसन्स, डाइमन्ड प्रायोजक डिशहोम फाइबरनेट, गोल्ड प्रायोजकमा नेपाल टेलिकम, सिल्भर प्रायोजकमा नमस्ते पे, एस–पावर र डिजिकम रहेका छन् ।
२७ औं संस्करणको रुपमा सुरु भएको क्यान इन्फोटेक आगामी छ दिनसम्म चल्नेछ । यो पटक क्यान इन्फोटेकको टिकटको मूल्य एक रुपैयाँ मात्र राखिएको छ । क्यान इन्फोटेक साढे ३ लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा आयोजकले लिइएको छ ।