शुक्रबार, जेठ ३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • ‘निजगढ विमानस्थलको लागि तत्काल चार किल्ला छुट्याउँछौं’

‘निजगढ विमानस्थलको लागि तत्काल चार किल्ला छुट्याउँछौं’

संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले तत्काल चार किल्ला छुट्याउने बताएका छन्।
 |  शुक्रबार, मंसिर ६, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, मंसिर ६, २०७६

काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले तत्काल चार किल्ला छुट्याउने बताएका छन्।

काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्विकल्प भएकाले यसको निर्माण तत्काल थाल्न सरकारले तत्काल चार किल्ला छुट्याउने बताएका छन्। ‘बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्विकल्प हो । दुई दिनअघिमात्रै पनि म त्यहाँ पुगेर छलफल गरेको छु । निजगण विमानस्थल बनाउनेबारे गलत प्रचार गरियो । यस्तो गलत प्रचार गर्नु भनेको नेपालमा विकास गर्न नदिने षड्यन्त्र भैरहेको छ । यसको लागि नेपाली साथीहरु शिकार हुनुभयो । मलाई दुःख लागेको छ ।’, उनले भने।

'विमानस्थल निर्माणको लागि ई.पी.पी. मोडलमा जाने कुरा भएको छ, यसको लागि स्विट्जरल्याण्डको जुरिच एयरपोर्टको आशय छनौट भएको छ।', मन्त्री भट्टराईले भने, 'यसको फाईनान्सियल स्टाटस हाम्रो लगानी बोर्डले हेर्दैछ।’

उनले वैकल्पिक विमानस्थलहरु सञ्चालनमा आएपछि काठमाडौं एयरपोर्टमा लोड कम हुने बताए।

भ्रमण वर्षलाई लक्षित गरेर आफूले ४० भन्दा बढि देशका पर्यटनमन्त्रीलाई नेपाल भ्रमणको निम्तो दिइसकेको बताउँदै उनले सोही सन्दर्भ पारेर नेपालमा टुरिज्म मिनिष्ट्री कन्क्लेभ पनि आयोजना गरिने जानकारी दिए। यो कन्क्लेभ ऐतिहासिक हुने उनले दाबी गरे।

नेपाल वायु सेवा निगम अहिले ४० अर्बको ऋणमा रहेको र यसले वार्षिक चार अर्ब व्याज तिर्दै आएकोमा उनले निगमलाई सार्वजनिक कम्पनीको रुपमा चलाउने तयारी भैरहेको खुलाए।

'दुर्गममा उडान थप्नुपर्छ। जहाँ अरु विमान कम्पनी जान चाहँदैनन्, त्यहाँ नेपाल एयरलाईन्स जानुपर्छ। अरु कम्पनीले नाफा कमाएको ठाउँमा नेपाल एयरलाईन्सले किन घाटा खाएको छ ? हामी यसको छानबिन गर्छौं।’, उनले भने।

नेपालको अन्तर्राष्ट्रिय हवाई सेवाको बजार भारत र चीनमा पनि ठूलो रहेको बताउँदै उनले यसलाई उपयोग गर्नेगरि कार्ययोजना बनाउने बताए।

प्रकाशित: Nov 22, 2019| 12:50 शुक्रबार, मंसिर ६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।