काठमाडौं । ई–सेवा मनी ट्रान्सफरले नेपालीको नयाँ वर्ष २०७९ को अवसरमा रेमिट्यान्सको उत्सव “रेमिटोत्सव” सार्वजनिक गरेको छ ।
साे योजना वैशाख १ गते बिहीबारदेखि सुरु भई साउन ४ गतेसम्म १४ हप्ता सञ्चालन हुनेछ । रेमिटोत्सवमा दैनिक १ जनाले ५ हजार तथा योजनाको अन्त्यमा बम्पर उपहार विजेताले ५० हजारको उपहार प्राप्त गर्नसक्ने कम्पनीले जनाएको छ ।
याे योजना आन्तरिक तथा बाह्य रेमिट्यान्स कारोबार दुवैमा लागू हुने कम्पनीको भनाइ छ । जसअन्तर्गत विदेशबाट ई-सेवा मनी ट्रान्सफरमार्फत नेपालमा रेमिट्यान्स पठाउने तथा नेपालभरि आन्तरिक रेमिट्यान्स पठाउने व्यक्ति पनि विजेताको हकदार बन्न सक्नेछन् ।
यो योजना क्यास, बैंक र वालेट ३ वटै माध्यममा रेमिट्यान्स पठाउनेको लागि लागू हुनेछ । त्यस्तै, विजेता स्वयम् उपस्थित हुन् नसकेको खण्डमा रेमिट्यान्स पठाएको व्यक्ति अथवा मनोनीत व्यक्तिले उपहार दाबी गर्न सकिनेछ ।
दैनिक विजेता हरेक हप्ताको अन्त्यमा ई-सेवा मनी ट्रान्सफरको फेसबुक पेजबाट प्रत्यक्ष प्रसारण गरिनेछ भने ई-सेवा मनी ट्रान्सफरको फेसबुक, इन्स्टाग्राम पेज र भाइबर कम्युनिटीमार्फत समेत सार्वजनिक गरिनेछ ।
रेमिटोत्सव योजनाबारे ई-सेवा मनी ट्रान्सफरका जनरल म्यानेजर सागर खनालले भने, “ई–सेवा मनी ट्रान्सफरले नयाँ वर्षको अवसर पारि देश तथा विदेशमा रहेका नेपालीहरूबीच खुसी साटासाट गर्न रेमिटोत्सव लिएर आएको हो ।
याे योजनामार्फत हामीले घट्दो क्रममा रहेको वैदेशिक मुद्राको भर्पाइ गर्न वैधानिक रुपमा रेमिट्यान्स भित्र्याउँदै, समग्र रेमिट्यान्स क्षेत्रमा टेवा पुर्याउने र यस माध्यमबाट देशको आर्थिक अवस्थालाई समेत सुधार उन्मुख बनाउन मद्दत पुर्याउने लक्ष्य लिएका छौँ ।”