शुक्रबार, जेठ ३, २०८२

द्वन्द्वकालीन घटनामा आममाफी दिन सकिँदैन : प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वकालका गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई आममाफी दिन नसकिने बताएका छन्।
 |  बिहीबार, मंसिर ५, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ५, २०७६

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहालले द्वन्द्वकालका गम्भीर अपराधमा संलग्न व्यक्तिहरुलाई आममाफी दिन नसकिने बताएका छन्।

विस्तृत शान्ति सम्झौताको १३ वर्ष पूरा भएको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रचण्डले कानून, मानव अधिकारका दृष्टिले गम्भीर ठहर्याइएका घटनामा संलग्नहरूलाई माफी दिन नमिल्ने स्पष्ट पारेका हुन्।

कार्यक्रममा प्रचण्डले समाजमा दिगो शान्ति स्थापना गर्न र पीडितलाई न्याय दिन पनि द्वन्द्वकालका गम्भीर अपराधका घटनामा आममाफी दिन नमिल्ने बताए।

साथै प्रचण्डले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पुराना पदाधिकारी नदोहोरिने पनि बताएका छन्।

उनले द्वन्द्वपीडितहरूको समस्या अब छिट्टै समाधान गर्ने आश्वासन पनि दिएका छन्।

प्रचण्डले पीडितको चाहना र सरोकारवाला निकायको सुझावका आधारमा नयाँ पदाधिकारी ल्याउने पक्षमा उभिएको बताए।

प्रकाशित: Nov 21, 2019| 14:39 बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।