सोमबार, असार ९, २०८२

चक्रपाणि बाहिर, घनश्याम भित्र (भिडियो)

बुधबार बिहान अनामगरमा कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालको नेमप्लेट हटाएर नवनियुक्त मन्त्री घनश्याम भुसालको नेमप्लेट बनाइँदै थियो ।
 |  बिहीबार, मंसिर ५, २०७६

ज्योति अधिकारी

ज्योति अधिकारी

बिहीबार, मंसिर ५, २०७६

काठमाडौं- दिनभरको दौडधुपपछि बुधबार बेलुका मन्त्रिपरिषद् पुनर्गठनको टुंगो लाग्यो ।

प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा सचिवालय बैठक बसेपछि साँझ मन्त्रीहरुको सूची राष्ट्रपति निवास पुगेको थियो । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम २५ सदस्यीय नयाँ मन्त्रिमण्डलको पुनर्गठन गरेकी हुन् ।

नयाँ मन्त्रीमा हृदयश त्रिपाठी, घनश्याम भुसाल, लेखराज भट्ट, रामेश्वर राय यादव, वसन्तकुमार नेम्वाङ र पार्वत गुरुङ छन् । त्यस्तै राज्यमन्त्रीमा मोतीलाल दुगड, नवराज रावत र रामवीर मानन्धर रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

वर्तमान मन्त्रिमण्डलबाट बिदा हुनेमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनाल, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव छन् । त्यसैगरी राज्यमन्त्री धनबहादुर बुढा, रामकुमारी चौधरी र सुरेन्द्रकुमार यादव पनि जिम्मेवारीबाट मुक्त भएका छन् ।

उपप्रधानमन्त्री उपेन्द्र यादव र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालको एकआपसमा विभागीय मन्त्रालय हेरफेर भई उपप्रधानमन्त्री यादवले कानुन र ढकालले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सम्हाल्ने भएका छन् ।

नयाँ मन्त्री थपिने तथा यथावत् रहने मन्त्रीहरुको कार्यविभाजनमा पनि परिवर्तनन हुने भएपछि कर्मचारीलाई व्यवस्थापनको चटारो देखियो । त्यसो त बुधबार नै धेरैजसो मन्त्रीहरु सिंहदरबार नगएकाले कर्मचारीहरु दिनभर मन्त्रीको कार्यकक्ष सरसफाइ तथा मर्मतमा जुटेका थिए ।

बुधबार बिहान अनामगरमा कृषि तथा पशुपन्छी विकासमन्त्री चक्रपाणि खनालको नेमप्लेट हटाएर नवनियुक्त मन्त्री घनश्याम भुसालको नेमप्लेट बनाइँदै थियो । साढे ११ बजे शपथग्रहण गरेर लगत्तै पदभार ग्रहणका लागि मन्त्रालय पुग्ने भएकाले कर्मचारी बिहानै नेमप्लेट परिवर्तन गर्न अनामनगर पुगेका थिए ।

प्रकाशित: Nov 21, 2019| 06:18 बिहीबार, मंसिर ५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।