शुक्रबार, जेठ ३, २०८२

प्रहरीले होटलमा परस्त्रीसँग भेटाएका प्रअ पदमुक्त

 |  मंगलबार, मंसिर ३, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, मंसिर ३, २०७६

काठमाडौं । बाराको सिमरामा एक होटलमा परस्त्रीसँग भेटिएका हेटौँडाको एक विद्यालयका प्रधानाध्यापक पदमुक्त भएका छन् ।

हेटौडा–१५ स्थित चुरियामाई माविका प्रधानाध्यापक विष्णु परियारलाई विद्यालय व्यवस्थापन समितिले पदमुक्त गर्ने निर्णय गरेको हो। परियारलाई प्रहरीले परस्त्रीसँग होटलमा फेला पारेको समाचार सार्वजनिक भएपछि पदमुक्त गरिएको विद्यालयले जनाएको छ।

सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुनिल मोक्तानको अध्यक्षतामा बसेको बैठकले परियारलाई पदमुक्त गर्ने निर्णय गरेको हो। अध्यक्ष मोक्तानले विद्यालयजस्तो क्षेत्रमा परियारलाई प्रअको पदमा राखिराख्न उपयुक्त नभएकोेले प्रअको जिम्मेवारी हाललाई केशवप्रसाद खतिवडालाई दिने निर्णय भएको जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सिमरा बाराको टोलीले सिमराको एक होटलबाट शनिबार परियारसहित हेटौंडा–५ की ३२ बर्षीया एक महिलालाई नियन्त्रणमा लिएको थियो ।

प्रकाशित: Nov 19, 2019| 09:48 मंगलबार, मंसिर ३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।