काठमाडौं । साओमीले रेडमी नोट ११ एस, र रेडमी नोट ११ प्रो ५जी नेपालमा लन्च गरेको छ ।
नयाँँ प्रविधि र फिचर्ससहितका फोन बजारमा ल्याउने साओमीले पावरफुल अपग्रेडसहित यी दुई नयाँँ फोन बजारमा ल्याएको हो ।
यी फोनहरुको क्यामरा सिस्टम, चार्जिङ स्पिड, डिस्प्ले, र एसओसीमा उल्लेखनीय सुधार गरेर फ्ल्यागसिप फोनको उपलब्धतालाई झनै सहज बनाएको साओमीको भनाइ छ ।
फोन सार्वजनिक साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पन्डाले आफूहरुले जुनै पनि नयाँँ काम गर्दा उपभोक्ताको रोजाइ र चाहनालाई ध्यानमा राखेको बताए ।
‘हामी प्रविधिलाई सकेसम्म धेरैभन्दा धेरै मानिसहरुसम्म सहज रुपमा पु¥याउन चाहन्छौं’, उनले भने, ‘अहिले लन्च गरेका यी दुई फोनले फ्ल्यागसिप लेभलको प्रविधिलाई अझै धेरै पहुँचयोग्य बनाउँदै इन्डस्ट्री स्ट्यान्डर्डलाई अझ बढाएको छ ।’
रेडमी प्रोमा स्न्यापड्रागन ६९५ र रेडमी नोट ११ एसमा मिडियाटेक हेलियो प्रोसेसर र ५ हजार एमएएचकोे ब्याट्री राखिएको छ ।
यसको क्यामेरा १०८ मेगापिक्सल छ । प्राइमरी सेन्सर भएका यी फोनले हाइ रेजोलुसनका तस्बिरहरु लिन मिल्छ । साथै यसमा भएको ८ एमपीको अल्ट्रा वाइड एङल क्यामराले ११८ डिग्रीसम्मको फोटो लिन र २ एमपीको म्याक्रो क्यामराले नजिकबाट फाइन डिटेल लिन सक्छ । साथै १६ एममीको फ्रन्ट क्यामराले क्लियर र नेचुरल सेल्फीहरु लिन सक्छ ।
१२० हर्जकोे रिफ्रेस रेट र ३६० हर्जको टच स्याम्प्लिङ् रेट भएको रेडमी नोट ११ एस र रेडमी नोट ११ प्रो ५जीमा को ल्याग फ्री ट्रान्जिसन, स्मुथ एनिमसन र प्रेसाइज फिङर टचले प्रयोगकर्ताहरुलाई राम्रो स्क्रिन एक्स्पेरिएन्स दिन्छ ।
रेडमी नोट ११ एस पोलार ह्वाइट, होराइजन ब्लु र स्पेस ब्ल्याकमा उपलब्ध छ भने रेडमी नोट ११ प्रो ५जी ग्रेफाइट ग्रे, पोलर ह्वाइट र एट्लान्टिक ब्लुमा उपलब्ध छ ।
यी दुइवटै फोनहरु ६जीबी प्लस १२८ जीबी र ८ जीबी प्लस १२८ जिबिको स्टोरेजमा उपलब्ध छन् ।
रेडमी नोट ११ एस
६ जीबी र्यामसहित १२८ जीबीको २९ हजार ९ सय ९९ रुपैयाँ ।
८ जीबी र्यामसहित १२८ जीबीको ३१ हजार ९ सय ९९ रुपैयाँ ।
रेडमी नोट ११ प्रो ५जी
६ जीबी र्यामसहिट १२८ जीबीको ३६ हजार ९ सय ९९ रुपैयाँ ।
८ जीबी र्यामसहिट १२८ जीबीको ३९ हजार ९ सय ९९ रुपैयाँ ।