सोमबार, असार ९, २०८२

सडकमै बाँच्नेहरू...

‘म कसरी यहाँ आइपुगें थाहा छैन। जतिबेला मर्न चाहेँ त्यो बेला मर्न पाइनँ। बाँच्न नदिएको समाजले मलाई मर्न पनि दिएन।’ शान्तिको अनुहार मलीन हुन थाल्यो।
 |  मंगलबार, कात्तिक २६, २०७६

ज्योति अधिकारी

ज्योति अधिकारी

मंगलबार, कात्तिक २६, २०७६

काठमाडौं - ‘म कसरी यहाँ आइपुगें थाहा छैन। जतिबेला मर्न चाहेँ त्यो बेला मर्न पाइनँ। बाँच्न नदिएको समाजले मलाई मर्न पनि दिएन।’ शान्तिको अनुहार मलीन हुन थाल्यो।

उनले विगत सुनाइन्, ‘सडकमा मेरो समय निकै कष्टपूर्वक बित्यो। सोच्दा पनि डर लाग्छ।’ परिवार र समाजबाट तिरस्कृत भएर सडकलाई नै आश्रय बनाउन पुगेकी शान्ति यतिबेला काठमाडौंको एक आश्रममा छिन्।

मानसिक तथा नशा रोग विशेषज्ञ डा. कपिलदेव उपाध्यायका अनुसार मानसिक अवस्था गुमाएका, कमजोर आर्थिक अवस्था भएका र परिवारबाट माया नपाएका मानिस सडकमा आइपुग्छन्।

दुव्र्यसनमा लागेर आर्थिक अवस्था बिगार्ने र परिवारसँग झगडा गरी सडकमा आइपुग्ने मानिस पनि छन्। दीर्घरोग लागेका मानिसलाई परिवारले बेवास्ता गर्दा सडकको सहारा लिनुपरेको उपाध्याय बताउँछन्।

मानसिक अवस्था गुमाएका, कमजोर आर्थिक अवस्था भएका र परिवारबाट माया नपाएका मानिस सडकमा आइपुग्छन्।

जन्मिँदै शारीरिक तथा मानसिक अवस्था राम्रो नभएका मानिसलाई परिवारकै सदस्यले सडकमा ल्याएर छोडिदिने मानव सेवा आश्रमका सञ्चालक रामजी अधिकारी बताउँछन्। उनी भन्छन्, ‘मानिस सडकमा आइपुग्नुको कारण गरिबी पनि हो। परिवारले कर्तव्यबोध नगर्दा सडकमा आउने मानिस छन्।’

देखासिकीका कारण पनि मानिस सडकमा आएर माग्न बस्ने गरेको डा.उपाध्याय बताउँछन्। उनी भन्छन्, ‘अरूले मागेको देखेर आफू पनि माग्न बस्ने, मन लागेको खान पाउने जता जान मन लाग्यो त्यतै जान पाउने जस्ता मनोभावले मानिस सडकमा माग्न बस्छन्।’

महिला धेरै

सडकमा देखिनेमा पुरुषभन्दा महिला बढी रहेको आश्रम सञ्चालक अधिकारी बताउँछन्। अधिकारी भन्छन्, ‘समाजमा महिलालाई हेर्ने दृष्टिकोण सकारात्मक छैन।’ अर्कोतर्फ सडकमा आएका महिलालाई घर पहिचान गरी फर्काउन खोज्दा परिवारले स्वीकार गर्दैन।

अधिकारी भन्छन्, ‘कोही त शरीरभरि घाउ सहेर सडकमा लडिरहेका हुन्छन्।’महिलाको हकमा झनै दर्दनाक अवस्था हुने उनी बताउँछन्। उनले भने, ‘कतिपय महिला मानसिक अवस्था गुमाएर सडकमा भौंतारिँदा गर्भवती भएका हुन्छन्। गर्भमा हुर्किएको बच्चाको बुबा थाहै हुँदैन।’ आश्रममा रहेका कतिपय महिलालाई गर्भवती अवस्थामा उद्धार गरिएको अधिकारी बताउँछन्।

माग्नु नै पेसा

सडकमा मागेर बस्नेमध्ये कतिपय मानिस पेसेवर माग्ने भएको काठमाडौं महानगरपालिकाका सूचना अधिकारी वसन्त अर्याल बताउँछन्। राजधानीका सडकमा हट्टाकट्टा र खाइलाग्दा मानिस पनि दिनभर मागेर बस्छन्। मागेकै पैसाले रक्सीचुरोट खाने गरेको पाइएको अर्यालको भनाइ छ।

अर्याल भन्छन्, ‘सडकमा देखिने बेवारिसे मानिसका बारेमा विभिन्न कुरा सुनिन्छ। पशुपतिलगायत क्षेत्रमा भारतबाट अशक्त, अपांगता भएका मानिस ल्याएर छोड्ने गरिन्छ भन्ने पनि सुनिन्छ जुन कुराको वास्तविकता थाहा छैन। सत्य असत्य जे पनि हुन सक्छ। महानगरले पेसेवर मगन्तेलाई नियन्त्रण गर्ने प्रयास गरिरहेको छ।’

महानगरको प्रयास

महानगरले सडक मानव व्यवस्थापनका लागि मानव सेवा आश्रमसँग सहकार्य गरेको छ। सडकमा मागेर खान नसक्ने मानिसलाई मानव सेवा आश्रममा राख्न व्यवस्था गरेको छ।

सडक मानवलाई व्यवस्थापन गर्ने लक्ष्य लिएको महानगरपालिकाले अझै पनि पूर्ण रुपमा सडक मानवमुक्त बनाउन सकेको छैन। यस्ता मानिसको तथ्यांक महानगरसँग कुनै तथ्याँक छैन। सधैँ एकै ठाउँमा बस्ने निश्चित नभएका कारण तथ्यांक निकाल्न नसकिएको अर्याल बताउँछन्।

प्रकाशित: Nov 12, 2019| 09:02 मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।