आइतबार, जेठ १२, २०८२

काभ्रेमा सवारी दुर्घटना : एकको मृत्यु, एक घाइते

बनेपा नगरपालिका-१०, जनागालस्थित अरनिको राजमार्गमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने एक घाइते भएका छन्।
 |  मंगलबार, कात्तिक २६, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, कात्तिक २६, २०७६

काभ्रे- बनेपा नगरपालिका-१०, जनागालस्थित अरनिको राजमार्गमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएको छ भने एक घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय, बनेपाका प्रहरी निरीक्षक निरञ्जन भट्टराईका अनुसार बा३ख ७०८७ नम्बरको टिपर र बा१०च २१५४ नम्बरको बोलेरोले च्यापिँदा अनटेस्ट मोटरसाइकल पछाडि सवार रहेका भक्तपुर नगरपालिका-९, च्यामासिङस्थित बागेश्वरी कलेजमा अध्ययनरत २० वर्षीय विमल कुटुजुकाे ज्यान गएकाे हाे। 

घटनामा परी सोही कलेजमा अध्ययनरत भक्तपुर-८ का मोटरसाइकल चालक कृष्ण दाहाल गम्भीर घाइते भएका छन्। उनको बनेपास्थित करुणा अस्पतालमा उपचारपश्चात भक्तपुरस्थित मध्यपुरथिमि अस्पतालमा रेफर गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Nov 12, 2019| 05:08 मंगलबार, कात्तिक २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।