शनिबार, जेठ १८, २०८२

ठाउँठाउँमा मोदीको पुत्ला दहन

संयुक्त विद्यार्थी संगठन (अखिल क्रान्तिकारी) ले भारतीय पक्षले एकतर्फी रुपमा नेपालको सिमालाई आफ्नो भन्दै नक्साङ्कन गरेको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ।
 |  बिहीबार, कात्तिक २१, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, कात्तिक २१, २०७६

काठमाडौं - संयुक्त विद्यार्थी संगठन (अखिल क्रान्तिकारी) ले भारतीय पक्षले एकतर्फी रुपमा नेपालको सिमालाई आफ्नो भन्दै नक्साङ्कन गरेको विरोधमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको छ।

विरोध कार्यक्रममा क्रान्तिकारीका केन्द्रीय अध्यक्ष आलोक रायमाझीले भने,‘कालापानी र लिपुलेकसहित नेपाल भारत सीमाका ७१ स्थानमा विवाद छ। भारतसँग जोडिएका २६ मध्ये २३ जिल्लामा सीमा समस्या रहेको छ। ताप्लेजुङ्गदेखि दार्चुलासम्म गरी भारतले ६०,६२७ हेक्टर मिचेको छ। १८५० किलोमिटर सीमा जोडिएको मध्ये ६ किलोमिटर विवादित छ।'

उनले भारतको विस्तारवादी नीति र हेपाहा प्रवृत्तिको घोर विरोध गर्दै सांकेतिक विरोध स्वरुप भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरिएको जानकारी दिए।

असमान सुगौली सन्धीलाई खारेज गर्दै टिस्टा–काँगाडा फिर्ताको निम्ती सम्पूर्ण नेपाली जनतालाई आन्दोलनमा उत्रिन उनले जोडदार अपिल गरे। शुक्रबारदेखि संयुक्त विद्मार्थी संगठनहरुले थप आन्दोलनका कार्यक्रमहरुसमेत गर्ने जानकारी गराएको छ।

बैतडीमा पनि मोदीको पुत्ला दहन

बैतडीमा पनि मोदीको पुत्ला दहन गरिएको छ। जिल्लाको पुर्चौडी नगरपालिकाका स्थानीय बासिन्दाले हाटमा रहेको राताशिला चिहानघाटमा मोदीको पुत्ला दहन गरेका हुन्।

उनीहरुले ‘भारतीय विस्तारवाद मूर्दावाद, नरेन्द्र मोदी मूर्दावाद’ को नारा लगाउँदै पुत्ला जलाएका थिए। भारतले सार्वजनिक गरेको नयाँ नक्सामा दार्चुलास्थित नेपाली भूमि लिपुलेक, कालापानी, लिम्पियाधुरा भारतमा समावेश गरिएको छ।

भारतले नेपाली भूमि आफ्नो नक्सामा समेटेपछि यतिबेला समाजिक संजाल तथा देशका अधिकांश स्थानमा विरोध प्रदर्शन भइरहेको छ।

प्रकाशित: Nov 07, 2019| 08:52 बिहीबार, कात्तिक २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।