शनिबार, जेठ १८, २०८२

सीके राउत काठमाडौंमा आमसभा गर्दै

जनमत पार्टीका अध्यक्ष सीके राउतले काठमाडौंमा पहिलो पटक आमसभा गर्दैछन्।
 |  बुधबार, कात्तिक २०, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, कात्तिक २०, २०७६

काठमाडौं– जनमत पार्टीका अध्यक्ष सीके राउतले काठमाडौंमा पहिलो पटक आमसभा गर्दैछन्।

काठमाडौंको खुलामञ्चमा मंसिर ७ गते हुने आमसभालाई जनमत पार्टीले ‘रंगभेद विरुद्ध एकताका लागि’ भनेको छ । उक्त पार्टीले प्रत्येक वर्ष मंसिर १० गते रंगभेद विरुद्धको दिवस मनाउँदै आएको छ ।

जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहका अनुसार आमसभाका लागि एक महिनादेखि तयारी भइरहेको छ भने सभामा मधेशका विभिन्न जिल्लाबाट समेत सहभागिता रहनेछ।

यसअघि राउतले २०६८ साल चैत्र १८ गते संघीय मोर्चाले आयोजना गरेको आमसभालाई खुल्ला मञ्चमा सम्बोधन गरेका थिए।

२०७५ फागुन २४ गते सरकारसँग ११ बुँदे सहमति गरी मूलधारको राजनीतिमा आएका राउतले आफ्नो नेतृत्वमा जनमत पार्टी गठन गरेका हुन्।

प्रकाशित: Nov 06, 2019| 09:46 बुधबार, कात्तिक २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।