काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुुष्पकमल दाहालले कम्युनिस्ट पार्टी निष्ठाबाट बिस्तारै स्खलित हुँदै जाने प्रक्रियामा रहेको बताएका छन् ।
नेकपा नेत्री सहाना प्रधानको पाँचौं स्मृति दिवसका अवसरमा सोमबार राजधानीमा आयोजित कार्यक्रममा उनले भने, “भन्न त हामीले समाजवादीको यात्रा सुरु गर्ने भनेका छौं । के हामी समाजवादीको यात्राका निम्ति एउटा योद्धा जस्तै छौं त रु या हामी बिस्तारै कांग्रेस या हिजोका निरंकुशतावादीजस्तै पद प्रतिष्ठाका निम्ति।”
उनले लामो समयदेखि न्याय, स्वतन्त्रता, आत्मसम्मानका निम्ति लडेको भनेर नै जनताले भोट दिएको बताए । अध्यक्ष दाहालले जनताको चाहनाअनुसार पार्टीले के ग¥यो भनेर समीक्षा गर्ने बेला आएको बताए । उनले विगतमा पार्टीले जनवादी क्रान्तिका निम्ति निष्ठा र आचरण, त्याग, तपस्या प्रदर्शित गरेकै कारण जनताले भरोसा गरेको चर्चा गर्दैै प्रश्न गरे, “समाजवादी क्रान्तिका निम्ति आवश्यक पर्ने विचार आयो त ? विचारअनुसारको व्यवहार, आचरण र दिनचर्या छ त ?”
उनले कम्युनिस्ट पार्टी वर्ग समन्वय गर्दै अन्य वर्गजस्तै भएको बताए । उनले पार्टी एकता गरेपछि वा शासनसत्ता सञ्चालन गर्ने ठाउँमा पुगेपछि आदर्श र विचारबाट स्खलित हुँदै जाने प्रक्रिया सुरु भएको भन्दै चिन्ता व्यक्त गरे ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४