शनिबार, जेठ ३२, २०८२
  • गृहपृष्ठ
  • प्रदेश
  • मन्त्री शाहीलाई बरखास्त गर्न माग गर्दै सुर्खेतमा युवा संघ र अनेरास्ववियुको र्‍याली

मन्त्री शाहीलाई बरखास्त गर्न माग गर्दै सुर्खेतमा युवा संघ र अनेरास्ववियुको र्‍याली

कर्णाली प्रदेश सरकारका एक मन्त्रीलाई बरखास्तीको माग गर्दै युवा संघ र अनेरास्ववियुले र्‍याली निकालेका छन्।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

सुर्खेत– कर्णाली प्रदेश सरकारका एक मन्त्रीलाई बरखास्तीको माग गर्दै युवा संघ र अनेरास्ववियुले र्‍याली निकालेका छन्। बलात्कारको आरोप लागेका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई बरखास्तीको माग गर्दै उनीहरुले आइतबार दिउँसो वीरेन्द्रनगरमा र्‍याली निकालेका हुन्। एक महिलाले २०७६ माघमा मन्त्री शाहीले बलात्कार गरेको आरोप लगाएकी थिइन्। घटनाबारे सञ्चारमाध्यममा समाचार प्रकाशित भएपछि भने ती महिलाले मन्त्रीमाथिको आरोप निराधार भएको प्रतिक्रिया दिएकी छन्।

मन्त्रीको सचिवालले घटनाको कुनै सत्यता नभएको दाबी गर्दै आएको छ। सचिवालयले ती महिलाले आर्थिक लाभका लागि मन्त्रीलाई बलात्कार आरोप लगाएको बताउँदै आएको छ। घटना बाहिरएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मन्त्रीले नैतिकताका आधारमा मन्त्रीलाई बरखास्त गर्न माग गरेको छ। सत्ता साझेदार नेपाली कांग्रेसले पनि घटनाको सत्यतथ्य छानविन गर्नुपर्ने माग गरेको छ। सुर्खेतका विभिन्न संघसंगठनले पनि बलात्कारको आरोप लागिसकेपछि मन्त्रीले नैतिकताका आधार राजीनामा दिनुपर्ने बताउँदै आएका छन्।

प्रकाशित: Aug 29, 2021| 14:25 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।