शनिबार, जेठ ३२, २०८२

जाजरकोटका स्थानीय तहको बेरुजु २७ करोड ६८ लाख

जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाको बेरुजु २७ करोड ६८ लाख ३७ हजार देखिएको छ।
 |  आइतबार, भदौ १३, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १३, २०७८

जाजरकोट- जिल्लाका तीन नगरपालिका र चार गाउँपालिकाको बेरुजु २७ करोड ६८ लाख ३७ हजार देखिएको छ। महालेखा परीक्षकको ५८औं वार्षिक प्रतिवेदन २०७८ अनुसार सबैभन्दा बढी छेडागाड नगरपालिकामा बेरुजु देखिएको हो।

छेडागाडले एक अर्ब २३ करोड ५६ लाख नौ हजारको लेखापरीक्षण गराएकामा आठ करोड एक लाख ७३ हजार अर्थात् ६ दशमलव ४९ प्रतिशत बेरुजु देखिएको हो। यसैगरी शिवालय गाउँपालिकाले ५८ करोड एक लाख ४१ हजारको लेखापरीक्षण गराएकामा तीन करोड ४७ लाख नौ हजार अर्थात् पाँच दशमलव ९८ प्रतिशत, जुनीचाँदे गाउँपालिकाले रु ९५ करोड ५२ लाख पाँच हजारको लेखापरीक्षण गराएकामा चार करोड ६६ लाख ६१ हजार अर्थात् चार दशमलव ८८ प्रतिशत बेरुजु आएको हो ।

बारेकोट गाउँपालिकाले रु ७६ करोड ६९ लाख ७१ हजारको लेखापरीक्षण गराएकामा तीन करोड २९ लाख ८६ हजार, भेरी नगरपालिकाले एक अर्ब २२ करोड ५८ लाख १७ हजारको लेखापरीक्षण गराएकामा तीन करोड ४८ लाख १३ हजार , नलगाड नगरपालिकाले एक अर्ब आठ करोड २४ लाख सात हजारको लेखापरीक्षण गराएकामा दुई करोड ७१ लाख ६५ हजार अर्थात् दुई दशमलव ५१ प्रतिशत बेरुजु देखिएको हो। 

जिल्लामा सबैभन्दा कम कुशे गाउँपालिकाको बेरुजु देखिएको छ। कुशेले ८६ करोड ४४ लाख ३२ हजारको लेखापरीक्षण गराएकामा दुई करोड तीन लाख ३० हजार अर्थात् दुई दशमलव ३५ प्रतिशत बेरुजु देखिएको हो।

हिसाबकिताब पारदर्शी नराखेको, आर्थिक ऐन र नियमावलीविपरीत भुक्तानी दिइएको, कागजात र बिल भर्पाइ नमिलेको, नियमावलीविपरीत खरिद तथा भुक्तानी दिइएको आदि कारण जनाउँदै महालेखाले बेरुजु निकालेको हो। बेरुजु रकममध्ये केही असुलउपर गुर्नपर्ने, केही नियमित गर्नुपर्ने र पेश्की बेरुजुका रूपमा रहने कोष तथा लेखा नियन्त्रकको कार्यालयका निमित्त कोष नियन्त्रक राम शाहले बताए। 

पेश्की बेरुजु र नियमित गर्नुपर्ने कुराभन्दा असुलउपर गर्नुपर्ने खर्च सबैभन्दा बढी खतरनाक हो। जनप्रतिनिधीको बलमिच्याइँले गर्दा यस्तो स्थिति आउने उनको भनाइ छ।आर्थिक वर्ष २०७६/७७ को लेखापरीक्षण प्रतिवेदनका आधारमा उक्त बेरुजु देखिएको हो। रासस

प्रकाशित: Aug 29, 2021| 08:22 आइतबार, भदौ १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।