काठमाडौं । सामसङले २०२२ को आफ्नो पहिलो प्रमुख ग्यालेक्सी उत्पादन एस२१ एफइ ५जी प्रस्तुत गरेको छ । ग्यालेक्सी एस २१ का प्रिमियम गुणहरूको भरपुर शक्ति भएको ग्यालेक्सी एस२१ एफइ ५जी नयनाभिराम डिजाइन, शक्तिशाली कार्यक्षमता, प्रो–श्रेणीको क्यामरा र कठिनाइरहित इकोसिस्टम सम्पर्क क्षमताका साथ उपलब्ध छ ।
‘ग्यालेक्सी एस२० एफइप्रति दर्शाइएको अभूतपूर्व प्रेमलाई देखेपश्चात् हामीले ग्यालेक्सी एस२१ एफइ ५जीका साथ त्यही विरासतलाई अघि बढाएका छौं, जुन महानतम अनुभव प्रदान गर्नका लागि तयार पारिएको हो । सर्वोत्तम श्रेणीको त्रि–क्यामरा, ६.४ इन्चको एफएचडीका साथै अद्वितीय एमोलेड डिस्प्ले, १२० हर्जको रिफ्रेस दर एवं शक्तिशाली प्रोसेसरयुक्त ग्यालेक्सी एस२१ एफइ ५जीले युवा ग्राहकहरूका लागि हरेक दिन अभूतपूर्व बनाउनेछ ।
ग्यालेक्सी एस२१ एफइको अलौकिन रंगहरू र डिजाइनले उपभोक्ताहरूको मन मुटु पक्कै जित्नेछ ।’ सामसङ मोबाइल नेपालका बिजिनेस प्रमुख प्रणय रत्न स्थापितले बताए ।
उच्च श्रेणीको क्यामरा
ग्यालेक्सी एस२१ एफइ ५जीमा सर्वोत्तम श्रेणीको तीनवटा क्यामरा जडान गरिएको छ । यसमा उच्चतम श्रेणीको १२ एमपी (यूडब्लू) +१२ एमपी (डब्लु) +८ एमपी (टेली) क्यामरा छन् । यसैगरी ३२ एमपी क्षमताको अग्र क्यामराको सहायताले सेल्फीहरू खिच्न सकिन्छ ।
उच्च श्रेणीको पावरहाउस
ग्यालेक्सी एस२१ एफइ ५जीमा सुन्दर ६.४ इन्चको एफएचडि प्लस डाइनामिक एमोलेड २ह् डिस्प्ले रहेको छ, जुन अत्यन्त सजिलो १२० हर्ज रिफ्रेस दर, २४० हर्ज टच स्याम्प्लिङ दरयुक्त छ र यसका साथै यसमा अद्वितीय एवं सिल्की सजिलो स्क्रोलिङ अनुभवको लागि एआइमा आधारित ब्लु लाइट नियन्त्रण छ जसले आँखालाई बिझाउन दिँदैन ।
यस्तै ५एनएम एक्जिनस २१०० प्रोसेसर र ४५०० एमएएच ब्याट्री भएको ग्यालेक्सी एस२१ एफइ ५जीले अधिकतम उच्च गति र निर्वाध कार्य क्षमताको सुनिश्चितता प्रदान गर्छ । आईपी ६८ रेटिङले स्मार्टफोनलाई धुलो र पानी प्रतिरोधक बनाएको छ । ग्यालेक्सी एस२१ एफइ ५जी दिनभर चल्ने ब्याट्री, ५ जी र वाईफाई ६ सम्पर्क क्षमताका साथ उच्चतम शक्ति, गति र कार्य क्षमतासहित उपलब्ध छ ।
मेमोरीका प्रकारहरू, मूल्य र उपलब्धता
ग्यालेक्सी एस२१ एफइ ५ जी ग्राफाइट, लाभेन्डर, र अलीभ गरी तीन रङमा उपलब्ध छ । ग्राहकहरूले ग्यालेक्सी एस२१ एफइ ५जिको ८+२५६ जिबि भ्यारियन्ट ८९,९९९ रूपैयाँमा खरिद गर्न सक्नेछन् । यो फोन सामसङका सिमित ब्रान्ड स्टोर तथा रिटेल स्टोरहरुबाट खरिद गर्न सकिनेछ ।