आइतबार, जेठ ५, २०८२

पाल्पामा मनाईयो भगवती जात्रा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा- अंग्रेज फौजलाई हराएको खुसीमा पाल्पाको तानसेनमा मनाईने रणउजिरेश्वरी भगवती जात्रा शनिबार धुमधामका साथ मनाइएको छ।

जितगढी युद्धमा नेपाली फौजले अंग्रेज फौजमाथि बिजय प्राप्त गरेको दिनको खुसीयालीमा वि.सं. १८७६ देखि भगवती जात्रा  मनाउन थालिएको हो।

कर्णेल उजीर सिंह थापाको नेतृत्वको नेपाली सेनाले अंग्रेजलाई हराएको सम्झनामा यो जात्रा मनाउने गरिएको छ।

वीरताको प्रतिकको रुपमा रहेको रणउजीरेश्वरी भगवतीको रथयात्रालाई बिजय उत्सब र अबिर जात्राको रुपमा मनाउने गरिन्छ।

जात्रामा सहभागी हुन भैरहवादेखि पाल्पा पुगेका इतिहासकार बिजय सागरका अनुसार सेन कालमा तानसेनमा सानो भगवती मन्दिर थियो। पछि सेनलाई जितेर शाहहरु आए। त्यतिबेला भीमसेन थापा प्रधानमन्त्री थिए। 

उजीर सिंहले वि.सं. १८७२ सालमा भगवतीलाई भाकल गरेर युद्ध जिताईदिएमा प्रत्येक वर्ष अबिर जात्रा गर्ने कबुल गरे। सोहीअनुसार उनले १८७२ सालदेखि भगवतीको मन्दिर बनाउन पनि शुरु गरे। 

पछि १८७६ सालमा उजीरसिंहको कमाण्डले अंग्रेज फौजलाइ युद्धमा हरायो। त्यसपछि तानसेनमा युद्ध जितेको खुसीयालीमा जात्रा भयो। जुन अहिलेसम्म पनि विद्यमान छ। 

जात्राको अवसरमा गएराति अष्ठमीको दिन परम्पराअनुसार पञ्चबली दिइएको छ भने बिहान बन्दुक पड्काएर जात्राको शुरुवात गरिएयो।

जात्रामा प्रधानसेनापति पुर्णचन्द्र थापा, पूर्वमन्त्री सोमप्रसाद पाण्डे, प्रदेश सांसदहरु वीरबहादुर राना, तुलबहादुर घर्ती, तानसेन नगरप्रमुख अशोक शाहीलगायत दशौँ हजार मानिसको सहभागिता थियो। 


तस्वीर सौजन्य : सन्तोष बस्याल/पाल्पा
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।