काठमाडौं । पछिल्लो एक दशकमा नेपाली समाजमा किनमेलको संस्कृतिमा व्यापक परिवर्तन भएको छ । उपभोक्ताहरु वस्तुको गुणस्तरियता, बजार मूल्य र म्याद समाप्त (एक्सपाइरी) मिति जस्ता विषयमा सचेत हुन थालेका छन् ।
टुक्रा टुक्रा सामान किन्न स–साना पसल धाउनका सट्टा उपभोक्ताहरु अहिले सम्पूर्ण सामान एकै ठाउँमा खोज्ने थालेका छन् । सेवाग्राही तथा उपभोक्ताहरुको यही आवश्यकतालाई सम्बोधन गर्न पछिल्लो एक दशक यता देशभर सुव्यवस्थित मार्ट सपिङ सेन्टरको संरचना विकास भएको छ ।
यही संस्कृतिलाई पछ्याउँदै आईएमई ग्रुपले पनि २०१६ मा आफ्नै मर्चेन्टडाइज चेन माई मार्टको सुरुवात गरेको थियो । तर माई मार्टले बजारमा देखिने अन्य मार्टभन्दा फरक मोडलमा काम गरिरहेको छ । अन्य मार्टले बिजनेस टु कस्टुमर (बीटुसी) मोडलमा उपभोक्तासँग प्रत्यक्ष जोडिएर सेवा प्रदान गर्छन् ।
तर, माई मार्टले भने बिजनेस टु बिजनेस (बीटुबी) मोडलबाट आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । अर्थात भेन्डर बनाएर सामान उपलब्ध गराउँदै आएको छ ।
अन्य मार्टभन्दा फरक माई मार्टका आफ्ना होलसेल फ्रेन्चाइजीहरु छन् । माई मार्टका प्रबन्ध निर्देशक गोलेन्द्र पौडेलका अनुसार माई मार्टले विभिन्न रिटेलहरुलाई आफैले केन्द्रिकृत मर्चेन्टाइड सेवा डेलिभरी गर्दछ । जसबाट उपभोक्ताहरुले सुलभ मूल्यमा उच्च गुणस्तरका सबै खाद्य बस्तुहरु पाउन सक्छन् ।
स्थापनाको ५ वर्षमा माईमार्टले उल्लेखनीय वृद्धि हासिल गरिसकेको छ । हालसम्म माइमार्ट उपत्यकाभित्र ५०० भन्दा धेरै फ्रेन्चाइज आउटलेटमा विस्तार भइसकेको प्रबन्ध निर्देशक पौडेलले जानकारी दिए । माईमार्टसँग हाल ३०० भन्दा धेरै आपूर्तिकर्ता र ८ हजार भन्दा धेरै वस्तुहरु छन् ।
सेवाग्राहीहरुलाई गुणस्तरीय र सुलभ मूल्यमा किनमेल अनुभव प्रदान गर्न माई मार्ट नेपाली बजारमा आएको हो । फ्रेन्चाइजी सिस्टमबाट उपभोक्ताहरुको दैनिक जीवनशैलीका लागि आवश्यक उच्चगुणस्तरीय मर्चेन्टडाइज उपलब्ध गराउँदै नेपाली होलसेल बजारमा अतिरिक्त मुल्य अभिवृद्धि (भ्याल्यु एड) गर्ने माई मार्टको उद्देश्य छ । ग्रोसरी मार्केटको तीव्र विकसित फ्रेन्चाइज चेन माई मार्टले सेवाग्राहीहरुलाई परम्परागत तथा आधुनिक किनमेलको मिश्रित स्वाद पस्किएको छ ।
नेपालको हरेक सडकका चोक र गल्लीमा खुल्ला फ्रेन्चाइजी आउटलेट विस्तार गर्ने कम्पनीको योजना छ । माई मार्टको अध्यक्षमा हाल अन्जली अर्याल र प्रवन्ध निर्देशकमा गोलेन्द्र पौडेल छन् । कम्पनीले चाँडै आफ्ना फ्रेन्चाइज एजेन्सीहरु विस्तार गरेर देशभर पुर्याउने उदेश्य लिएको प्रवन्ध निर्देशक पौडेलले बताए ।
माई मार्टमा आइएमई गु्रप अन्तर्गतका अरु सेवाहरु जस्तै रेमिट सेवा, चन्द्रागिरी केवलकारको टिकट, डिशहोमको रिचार्जलगायत सेवाहरु पनि उपलब्ध रहेका छन् ।