काठमाडौं । लन्डनको स्पा ब्रान्ड ‘नौद थाई र ‘माई थाई’ रेष्टुरेन्ट सञ्चालनमा आएको छ ।
१२ वर्षको बेलायतको अनुभवलाई उपयोग गदै प्रतीक गिरीले अन्तर्राष्ट्रिय स्तरको स्पा, मसाज तथा वेलनेस सेन्टर खोलेका हुन् ।
नौद थाई स्पा करिब २ वर्षअघि खोलिए पनि कोरोना भाइरसका कारण बन्द थियो ।
मानिसको दैनिकी अत्यन्तै व्यस्त भइरहेको सन्दर्भमा स्पा मसाज र बडी केयर वेलनेसले शरीर तन्दुरुस्त बनाउने गिरी बताएका छन् । नौद थाई स्पाले अल इन वान सेवा उपलब्ध गराउँदै आएको छ । जसमा मसाज, स्टिम, साउना, ज्याकुजी, हेयर सलुन, कलरिङ, फेसियल, मेनिक्युर, पेडिक्युर लगायतका सुविधा रहेका छन् ।
अन्तराष्ट्रिय स्तरको मसाज नेपालमै उपलब्ध गराउन सकेमा १२ वर्ष बेलायत अनुभवलाई न्याय मिल्ने निर्देशक गिरीको भनाइ छ । काठमाडौंलगायत अन्य सहरका स्पा मसाज भन्दा भिन्न रहेको गिरीको दाबी छ ।
हाल नौद थाई स्पाले बेलायतका आठवटा विभिन्न स्थानबाट सेवा दिँदै आइरहेको छ । काठमान्डांैबाहेक पोखरा र झम्सीखेल ललितपुरबाट छिटै सेवा सञ्चालन गर्ने निर्देशक गिरीको भनाइ छ ।
थाइ परिकारको अथेन्टिक खाना खुवाउने लक्ष्य माई थाईले लिएको छ । यसका लागि माई थाईले थाइल्यान्डबाटै सेफ हायर गरी ल्याएको जानकारी गिरीले दिएका हुन् ।