काठमाडौं । डल्ले रेष्टुँराले स्थापनाको १० औं वर्ष प्रवेशको अवसर पारी आफ्ना ग्राहकलाई १० वर्षअघिकै मूल्यमा मःम उपलब्ध गराउने भएको छ ।
रेष्टुराँका मःम पारखीलाई लक्षित गरी डिसेम्बर २० अर्थात् पुस ५ गतेका दिन १० वर्ष अघिकै मूल्यमा मःम उपलब्ध गराउन लागेको सञ्चालक आलोक योन्जनले जानकारी दिए ।
एक दिनका लागि रेष्टुराँमै आएर खाने ग्राहकलाई दस वर्षअघिकै मूल्यमा मःम खुवाउन लागिएको उनको भनाइ छ । दस वर्षअघि प्रतिप्लेट १२९ रुपैयाँ थियो । तर, त्यसमा भ्याट जोडिने गरेको थिएन । अहिले भने भ्याट र सर्भिस चार्जसहित सोही मूल्यमा बिक्रि गर्न लागेको रेष्टुँराले बताएको छ ।
पुस ५ गते मःम–मूल्य करिब १६० रुपैयाँ हुने छ । हालको मूल्य भने २८० रहेको छ ।
यो अफर देशभर रहेका सम्पूर्ण फ्रेन्चाइजीमा समेत लागू हुने जनाएको छ । डल्ले सन् २०१२ मा पहिलो रेष्टुराँको रुपमा कमलादीमा स्थापना भएको थियो । काठमाडौंभित्र कमलादीसहित गोल्फुटार, जाउलाखेल, लबिम मल, भैंसेपाटी, डब्लूटीसी, नक्सालको भाटभटेनी, न्यूरोड र ग्वार्कोमा आउटलेट सञ्चालनमा रहेका छन् ।
यस्तै काठमाडौंबाहिर बुटवलमा २, पोखरामा १ र भैरहवामा १ वटा आउटलेट सञ्चालनमा रहेका छन् ।