काठमाडौं– नेकपा (एमाले) ले निर्वाचन आयोग र सभामुखविरुद्ध कानुनी उपचारमा जाने निर्णय गरेको छ। बिहीबार केन्द्रीय कमिटी बैठकले पार्टीले कारबाही गरेका व्यक्तिलाई सनाखत गराएर नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगविरुद्ध अदालत जाने निर्णय गरेको हो।
त्यसैगरी १४ जना सांसदलाई विधान र कानुनबमोजिम गरिएको कारवाहीलाई अघि नबढाएकोमा सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध पनि अदालतमा मुद्दा दायर गर्ने निर्णय एमालेले गरेको छ।
बैठकले पार्टी विभाजनमा लागेका केन्द्रीय सदस्यहरुको नाम निर्वाचन आयोगमा एमालेको अभिलेखबाट हटाउन अनुरोध गर्ने निर्णयसमेत बैठकले गरेको छ।