धनगढी- कैलालीको घोडाघोडीमा रुखले च्यापेर एक महिलाको मृत्यु भएको छ।
घोडाघोडी नगरपालिका वडा न ४ भालुफाटामा रहेको सुन्दर सामुदायिक वनमा बाख्रा चराउन गएको बेला रंग रावतकी ४५ वर्षीया पत्नी जल रावतको ज्यान गएको हो।
पानी परेको र घोडाघोडीको पिकनिक स्थलमा टिनको ओत लाग्न बसेको बेला माथिबाट रुख ढलेर च्यापेको थियो।
महिलाको घटनास्थलमै मृत्यृ भएको ईलाका प्रहरी कार्यालय सुखडले जनाएको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४