काठमाडौं । घरायसी इलेक्ट्रोनिक्स ब्रान्ड वेबोरले अभिनेत्री केकी अधिकारीलाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ । नेपालमा पछिल्लो समय आफ्नो उत्पादनहरू बिस्तार गरेर ख्याति कमाउँदै गएको इलेक्ट्रोनिक्स ब्रान्ड वेबोर तथा चाङ्गहोङ्गको आधिकारिक बितरक रिद्धिसिद्धि विनायक टेलिसिस्टमले वेबोरको ब्रान्ड प्रबद्र्धन र ग्राहकहरूलाई आफ्नो उत्पादन प्रतिआकर्षित गर्नका लागि अभिनेत्री तथा कलाकार केकी अधिकारीलाई ब्रान्ड एम्बेसडर बनाएको हो ।
कलाकार अधिकारीले नेपाली बजारकमा वेबोरका घरायसी इलेक्ट्रोनिक्स ब्रान्डको बजार प्रबद्र्धन र प्रचार-प्रसारमा सहयोग गर्ने बताइएको छ । वेबोर ब्रान्डका सामग्रीहरू उच्चस्तरका भएको र ग्राहकहरूको चाहनाअनुसारको डिजाइनमा आएको हुँदा आफू ब्रान्ड एम्बेसडर भएको उनले बताइन् ।
वेबोरले नेपाली बजारमा आफ्नो स्थान बढाउँदै जानेमा विश्वस्त भएको भन्दै अभिनेत्री अधिकारीले शुभकामना दिइन् । यसैबीच वेबोरले आफ्नो नयाँ आधिकारिक शोरुम ललितपुरको इमाडोल, कृष्ण मन्दिर चोकमा सञ्चालनमा ल्याएको छ । रिद्धिसिद्धि बिनायक टेलिसिस्टमको सो नयाँ आधिकारिक शोरुमको एक कार्यक्रमकाबीच अभिनेत्री अधिकारीले उद्घाटन गरिन् ।
नयाँ शोरुममा कम्पनीले वेबोरका स्मार्ट टेलिभिजनहरू, वासिङ मेसिन, रेफ्रिजेरेटर, इन्डक्सन कुकरलगायतका घरायसी सम्पूर्ण सामग्रीहरू बिक्रीका लागि राखिएको छ । यसका साथै कम्पनीले विश्व प्रसिद्ध चाङ्गहोङ्ग ब्रान्डका एयरकन्डिस्नर तथा कुलरहरूसमेत शोरुममा राख्दै आएको छ ।
वेबोरका कर्पोरेट जनरल म्यानेजर उपेन्द्र शाहले ब्रान्ड एम्बेसडरमा चर्चित कलाकार केकी अधिकारीलाई ल्याउन पाउँदा निकै उत्साहित भएको बताए । ‘चर्चित कलाकारले हाम्रो ब्रान्डलाई थपमाथि उठाउन सहयोग गर्नुहुनेछ र हाम्रो उत्पादनको उच्च गुणस्तरको समेत सुनिश्चितता हुनेछ,’ जनरल म्यानेजर शाहले भने ।
शोरुम उद्घाटनको अवसरमा वेबोरका उत्पादनहरू खरिदमा विशेष छुट तथा उपहारसमेत दिएको छ । रिद्धिसिद्धि बिनायक टेलिसिस्टमले चालू वर्षभित्रै काठमाडौं उपत्यका र नेपालभर आफ्नो आधिकारिक शोरुमहरू बिस्तार गर्दै जाने योजना लिएको छ ।