काठमाडौं । जगदम्बा मोटर्स नेपाली युवाहरूका लागि १२५ सीसी सेग्मेन्टअन्तर्गत अत्याधुनिक फिचर्स सहितको टीभीएस रेडर बाइक सार्वजनिक गरेको छ ।
यो नयाँ स्पोर्टी मोटरसाइकलमा रिभर्स एलसीडी डिजिटल स्पिडोमिटर, थ्रीभी आई–टच स्टार्ट इन्जिन, एनिमलिस्टिक एलईडी हेड ल्याम्प र यस सेग्मेन्टकै पहिलो पटक अन्डर सिट स्टोरेज सुविधा उपलब्ध छ । जगदम्बा मोटर्सले आइतबारबाट नयाँ टीभीएस रेडरका लागि बुकिङ खुला गरिएको जानकारी दिएको छ ।
कस्तो छ त टीभीएस रेडर बाइक
टीभीएस रेडर बोल्डनेस र पृथकताको थिम बोकेको बाइक हो । बेस्ट इन क्लास एक्सिलिरेसन, रिभर्स एलसीडी क्लसटर र एनिमलिस्टिक एलईडी हेडल्याम्प्स जस्ता फिचरका कारण टीभीएस रेडर पृथक, स्पोर्टी र स्टाइलिस देखिन्छ ।
यसको बलियो र कलात्मक ट्यांकले टीभीएस रेडरलाई दरिलो मस्कुलर लुक्स दिएको छ । दैनिक राइडका लागिथ यो स्पोर्टी, कम्प्याक्ट र फुर्तिलो पनि छ । टीभीएस रेडरकोा सिग्नेचर डिजाइन तत्वका रूपमा विशिष्ट हेडल्याम्प र टेल ल्याप्म समाहित छ जसले एकदमै राम्रो भिजिबिलिटी प्रदान गर्दछ । यसको टेक्सचर र फिनिसिङ पनि त्यत्तिकै दमदार छ ।
पर्फमेन्सको मामिलामा पनि टीभीएस रेडर एकदमै उत्कृष्ट छ । यसमा १२४.८ सीसीको एयर तथा आयल कुल्ड अत्याधुनिक थ्रीभी इञ्जिनको प्रयोग गरिएको छ । जसले ६५ सय आरपीएममा ११.५ एनएम टर्क र ८ हजार आरपीएममा १२.९ पीएस अधिकतम शक्ति प्रदान गर्छ । यसमा उक्त सेग्मेन्टकै उत्कृष्ट ० देखि ६० किलोमिटर प्रतिघण्टाको एक्सिलिरेशन मात्र ५.७ सेकेन्डमै पाउन सकिन्छ ।
कम्पनीले यसमा ग्यास चार्जड् फाइभ स्टेप एड्जस्टेबल मोनो शक सस्पेन्शन, लो फ्रिक्सन फ्रन्ट सस्पेन्सन र स्प्लिट सिट, ५ स्पिड गियरबक्स र १७ इञ्च अलोय चंकी फराकिलो टायरको प्रयोग गरिएको छ । यिनले गर्दा बाइक नियन्त्रणमा सहजता हुनुका साथै आरामदायी अनुभव पनि प्राप्त हुन्छ ।
यसमा जडित अत्याधुनिक हाई टेक ग्याजेट, रिभर्स एलसीडी डिजिटल स्पिडोमिटरले सटिक र स्पष्ट जानकारी प्रस्तुत गर्छ । यसका स्विट्च क्लस्टर, फुटपेग्सलगायत मेकानिकल विवरणहरू प्रयोगात्मक सहजता र सुविधालाई विशेष ध्यानमा राखी डिजाइन गरिएका छन् ।
टीभीएस मोटर्सको परफरमेन्स मोटरसाइकल डीएनएमा आधारित लामो ह्विलबेसमा लो सिट हाइट सन्तुलन, परफेक्ट एर्गोनोमिक्स त्रिकोण र मोनो शकले सटिक ह्याण्डलिंग र आरामदायी यात्रा अनुभव प्रदान गर्छ ।
अद्वितीय राइड अनुभव प्रदान गर्ने उद्देश्यका साथ यसमा श्रेणीमै पहिलो पटक सामान, हेल्मेट रिमाइन्डर र यूएसबी चार्जर लगायतका लागि अन्डर सिट स्टोरेज पनि उपलब्ध छ । यसमा राइडरको सुविधाका लागि हेल्मेट रिमाइण्डर सेन्सर र यूएसबी पोर्ट पनि उपलब्ध छ । टीभीएस रेडर स्ट्राइकिंग रेड, ब्लेजिंग ब्ल्यू, विकेड ब्ल्याक र फियरी यल्लो गरी चार आकर्षक रंगमा उपलब्ध छ ।
आधिकारिक वितरक जगदम्बा मोटर्सले बाइकको बुकिङसमेत खुला गरिसकेको छ । नेपाली बजारमा यसको मूल्य २ लाख ४७ हजार ९ सय रुपैयाँ रहेको छ ।