काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक ’कोर्पोरेट लन्च अफर’ ल्याएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा सजिलैसँग घरघर/कार्यालयमा पुर्याउने लक्ष्य लस्कर फुड्सले लिएको छ ।
लस्कर फुड्सले हाइजेनिक किचेनको अबधारणालाई अघि सारेर कोर्पोरेट लन्च अफर ल्याएको हो । काठमाडौं उपत्यकाका कार्यालय अफिसलाई मध्यनजर गरी समयमा सस्तो मिठो हाइजेनिक खाजा ख्वाउने लक्ष्य लस्कर फुडसले लिएको कम्पनीका प्रमुख कार्यकरी अधिकृत सुमन ओस्तीले बताए ।
लस्कर फुडस यस अफर सँगै, अरू बिभिन्न अफर समेत ल्याएको छ । हाललाई खाना खाजा अर्डर गर्दा २५ प्रतिसत छुट पाउने लस्कर फुडसले जनाएको छ । लस्कर फुडसले बिभिन्न समयमा अन्लाइन फुड प्रतियोगिता समेतको आयोजना गरेको थियो ।
लस्कर फुड्सको प्रमुख आकर्शननै गुणस्तरीय खानेकुरा अनलाइनमार्फत घर–घर अफिसमै उपलब्ध गराउने लक्ष्य रहेको छ । तोकेको समय सीमाभित्रै अर्डर गरिएका खानेकुरा डेलिभरी गर्नुनै लस्कर फुड्सको प्रमुख उद्देश्य हो ।
काठमाडौं उपत्यकावासी व्यस्त हुने र अनलाइन ई–कर्मस, फुड डेलिभरीप्रति आमनागरिकहरुको आकर्षण बढ्दै गएपछि लस्कर फुडसले कोर्पोरेट लन्च अफर अघि सारेको हो । बजारमा दर्जनौं फुड डेलिभरी प्लेटफर्म रहे पनि लस्कर फुड्स तिनीहरुभन्दा भिन्न रहेको लस्कर फुडसका प्रमुख कार्यकरी अधिकृत ओस्तीको दाबी छ ।
प्रभु–पे, इसेवा, खल्तीका साथै क्यास अन डेलिभरीबाट विल तिर्न मिल्ने व्यवस्था छ ।