शुक्रबार, असार १३, २०८२
  • गृहपृष्ठ
  • समाज
  • बलात्कारको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक पक्राउ

बलात्कारको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

भैरहवा- सामुहिक बलात्कारको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रमका एक संयोजक पक्राउ परेका छन्। 

रुपन्देहीको गैडहवा गाउँपालिकाका दुई युवतीको सामूहिक बलात्कारको आरोपमा प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजक जीवन ज्ञवाली पक्राउ परेका हुन्।

ज्ञवालीसहित सामूहिक बलात्कारमा संलग्न अन्य केही युवा पनि पक्राउ परेको प्रहरीले जनाएको छ। 

प्रहरीकाअनुसार असार २ गते राती एक होटेलमा विष्णु थारुसँग बसेर दुई युवतीले खाजासहित मदिरापान गरेका थिए। पछि सँगै रहेका विष्णुले अरु युवाहरुलाई बोलाएर बलात्कार गर्न खोजेपछि युवतीहरु गुहार माग्दै भागेका थिए। 

गुहार माग्दै भागेका युवतीको उद्धार गर्न जीवनसहित केही युवा आइपुगेका र पछि उनीहरुले नै बलात्कार गरेका थिए।

युवतीहरुले सोही बमोजिमको जाहेरी दिएपछि त्यसकै आधारमा जीवनसहित बलात्कारमा संलग्न युवाहरुलाई गिरफ्तार गरेर छानबिन सुरु गरिएको प्रहरीको भनाई छ।

युवाहरुलाई बोलाएर बलात्कार गर्ने विष्णु थारु भने फरार रहेको प्रहरीले जनाएको छ। विष्णु भागेपछि उनका बुवालाई नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको थियो।

बलात्कारमा परेका युवतीहरुको स्वास्थ्य परीक्षण गरिएको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।