काठमाडौं । केएल टावरले दसैं–तिहारका लागि उपहारै उपहार सहितको ‘रमाइलो दसैं तिहार’ हरेक साता उपहारै उपहार योजना सुरु गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले दैनिक, साप्ताहिक तथा बम्पर उपहारहरू पाउने छन् ।
केएल टावरका अनुसार दैनिक उपहार योजनाअन्तर्गत हरेक दिन एक जोडीलाई एफ क्युब सिनेमाको टिकट, १ हजार रुपैयाँ बराबरको सपिङ भौचरका साथै अन्य आकर्षक उपहारहरू उपलब्ध गराइने छ ।
१ हजार रुपैयाँ वा सोभन्दा माथिको सामान खरिद गर्दा साप्ताहिक रूपमा सीजी ब्रान्डका होम अप्लाइन्सेज, टिभी, फ्रिज, रेफ्रिजिरेटर, वासिङ मेसिन, आइरन, हिटर, भ्याकुम क्लिनरलगायतका घरायसी सामग्री उपलब्ध गराइने टावर व्यवस्थापनले जनाएको छ ।
बम्पर प्राइजमा एक जनालाई टीभीएस अपाचे आरटीआर १६० २भि वितरण गरिने उपहार योजनाका संयोजक हीरामणि तिमिल्सिनाले बताए । चाडपर्वका बेला उपभोक्तालाई प्रोत्साहित गर्ने उद्देश्यका साथ टावरले उपहार योजना सुरु गरेको उनले बताए ।
असोज १९ गतेदेखि सुरु भएको योजना कात्तिक ३० गतेसम्म लागू हुने तिमिल्सिनाले जानकारी दिए । उपहार योजनामा सहभागी हुनका लागि कम्तीमा १ हजार रुपैयाँ बराबरको सामान खरिद गर्नुपर्ने हुन्छ । हजार वा सोभन्दा बढीको सामान खरिद गरेपछि उपभोक्तालाई कुपन उपलब्ध गराइनेछ । सोही कुपनका आधारमा गोलाप्रथाद्वारा उपहार विजेता चयन गरिनेछ ।
साथै केएल टावरमा घटस्थापनादेखि सिनेमाहलहरू समेत खुलेका छन् । सिनेमा हलहरू खुलेको र दसैं लागिसकेका कारण केएल टावरमा अहिले सपिङ्ग गर्नेहरूको चहलपहलसमेत बढेको छ । कोभिडका कारण लामो समयदेखि बन्द जस्तै अवस्थामा रहेका सपिङ मलहरू दसैं नजिकिएसँगै विभिन्न अफरका साथ सञ्चालनमा आउन थालेका छन् ।
टावरमा पचासवटा पसल, ग्रोसरी, फुडकोर्ट, तीनवटा एफ क्युब सिनेमा हल, बालबालिका र युवाका लागि छुट्टाछुट्टै गेमजोन, सामसुङ प्लाजा, फर्निचर सोरुमलगायतका पसल सञ्चालनमा छन् ।