काठमाडौं । कोका–कोलाले नेपालमा पहिलो पटक आफ्नो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट जारी गरेको छ । साे रिपोर्टमा २०२० को दौरान समावेशी, दिगो र उज्ज्वल भविष्यका लागि कम्पनीले गरेका प्रयासहरू दर्शाइएको छ ।
रिपोर्टका अनुसार कम्पनीले पानी व्यवस्थापन, प्लास्टिक रिसाइक्लिङ, कार्बन कटौती, कोभिड–१९ को प्रतिकुल अवस्थामा युवा, महिला, आपूर्तिकर्ता र कर्मचारीहरूलाई सहयोग पुर्याएको छ ।
साथै कोका–कोलाले संयक्त राष्ट्रसँगको १७ वटा दिगो विकास लक्ष्यहरूलाई समेत आफ्नो मुख्य रणनीतिमा एकीकृत गराएको छ । नेपालमा कोका–कोला कम्पनीका कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले काकले व्यापार वृद्धिका लागि दिगोपनालाई पनि महत्वपूर्ण शर्तका रूपमा अगाडि बढाइरहेको बताएका छन् ।
‘१९७३ देखि, हामी कोका–कोलालाई हरेक नेपालीहरूको रिफ्रेसमेन्टको पहिलो रोजाइको बनाउने व्यवसायमा अघि बढेका छौंं । ४० वर्षभन्दा बढी समयदेखि हामीले एक कम्युनिटी ड्रिभन, कस्टोमर फोकस्ड रहेको साथै सबैका लागि लाभदायक रहने दिगो व्यवसायको निर्माण गर्नको लागी प्रयास गरिरहेका छौं,’ अवस्थीले भने ।
कम्पनीले राष्ट्रको लागी पानी सुरक्षा सुनिश्चित गर्ने क्रममा पानीको स्रोतहरूको सम्मान र संरक्षण गर्ने जिम्मेवारी लिएको उनले बताए । उनी अगाडि भन्छन्, ‘नेपालमा कोका–कोलाले २ सय प्रतिशतभन्दा बढी पानी पुनर्भरणको क्षमता हासिल गरेको छ जसमा रेन वाटर हार्वेस्टिङ, ग्राउन्डवाटर रिचार्ज र वाटरएड र स्मार्टपानी सँगको वाटरशेड पुनःस्थापना साझेदारी जस्ता परियोजनाहरू छन् ।
यसको अर्थ कोका–कोलाले पेय पदार्थको उत्पादनमा प्रयोग हुने पानीको प्रत्येक थोपाका लागि नेपालभरिका समुदायहरूलाई दोब्बर पानी फिर्ता दिनेछ ।’ २०१८ मा, कोका–कोलाले विश्वव्यापी रूपमा ‘वल्ड विथआउट वेस्ट’ अभियानको घोषणा गरेको थियो जसको उद्देश्य सन् २०३० सम्ममा बेचिएका सबै बराबरको बोतल र डिब्बाहरूलाई संकलन र रिसाइक्लिङ गर्ने थियो ।
यसको ग्लोबल भिजनको समर्थनमा कोका–कोलाले ‘वल्ड विथआउट वेस्ट’का उद्देश्यहरूलाई प्राप्त गर्नका लागि आगामी आउने धेरै परियोजनाहरूको पहल गरेको बताएको छ । जसमा नगरमित्र, रिसाइक्लर साथी र क्रिएसन, हिमालयन क्लाइमेट इनिसिएटिभ, डोको रिसाइक्लर्स र ब्लू वेस्ट २ भ्यालुको संयोजनमा रिफ्रेस र रिसाइकलहरू सामेल रहेका छन् ।
यी परियोजनाहरू सामूहिक रूपमा काठमाडौंभरिका २ नगरपालिका र काठमाडौं बाहिरका ७ नगरपालिकाहरूमा रहेका छन् । यी परियोजनाहरूका साथै कोका–कोलाले नेपाली सेना संग २ वर्षसम्म ‘माउन्टेन क्लिन अप क्यामपियन’ का लागि सहकार्य गरेको छ ।
यो मल्टी–स्टेक होल्डरको राष्ट्रिय कार्यक्रमको उद्देश्य पहाडहरूलाई सुरक्षा गर्नु र हिमालयमा जलवायु परिवर्तनको प्रभावलाई न्यूनीकरण गर्नु रहेको कम्पनीले बताएको छ ।
कोका–कोलाले आफ्नो पोर्टफोलियोमा प्रयोग हुने पीईटीलाई घटाउन अफोर्डेबल स्मल स्पार्कलिङ प्याकेज (एएसएसपी) टेक्नोलोजीको माध्यमबाट पोलिइथाइलीन टेरेफ्थलेट (पीईटी) बोतलहरूलाई हल्का तौलको बनाएको छ । यसले प्लानेटलाई सफा बनाउनको लागि आफ्नो प्याकेजिंग को रि–इमाजिनिङ गरिरहेको छ ।
डिजाइन इनोभेसन र हल्का वजनमा निर्मित रहेको एएसएसपी प्याकेजिङ २५० मिलीलिटर र ५०० मिलीलिटरको भेरियन्टमा उपलब्ध छ । त्यसैगरी, न्यूनतम प्रणाली ब्रेकेजको बाहेक बजारबाट १ सय प्रतिशत रिकभरीका लागि आरजीबी (रिटर्नेबल ग्लास बोतल)को प्रयोग गरिन्छ जसलाई १ सय प्रतिशत रिसाइकल गर्न सकिन्छ ।
यसबाहेक, कोका–कोलाले सेकेन्डरी प्याकेजिङमा प्लास्टिकको उपयोगलाई कम गर्नको लागि विभिन्न आपूर्तिकर्ताहरूसँग सहकार्य गरिरहेको छ । आफ्नो कार्बन फुटप्रिन्टलाई घटाउने प्रयासमा कोका–कोला नेपालले वर्षौंदेखि उर्जाको उपयोग र ऊर्जा को नन–रिनिवेबल स्रोतहरूमा निर्भरता घटाएको छ ।
उदाहरणका लागि, कोका–कोलाले बालाजु र भरतपुर दुवै प्लान्टहरूमा सौर्य ऊर्जाबाट सञ्चालित सडकका बत्तीहरू स्थापित गरिएको थियो र अत्यधिक ऊर्जा इफिसियन्ट उपकरण र टेक्नोलोजीमा लगानी गरेको थियो ।