काठमाडौं । ग्राहकले स्मार्टडोकोबाट सामान खरिद गर्दा ७० प्रतिशतसम्म छुट र विभिन्न बैंकका डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गरेमा २१ प्रतिशतसम्म क्यासब्याक पाइने भएको छ । डोकोले दशैंको अवसरमा ल्याएको ‘स्मार्ट दशैं अफर’ अन्तर्गत छुट र क्यासब्याक दिन लागेको हो ।
हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक (७५० रुपैयाँसम्म), बैंक अफ काठमाडौंको डेबिट र क्रेडिट कार्डबाट अनलाइन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक (१५०० रुपैयाँसम्म) र माछापुच्छ्रे बैंकको डेबिट र क्रेडिट कार्डबाट अनलाईन भुक्तानी गर्दा दैनिक २१ प्रतिशत क्यासब्याक (२१० रुपैयाँसम्म) क्यासब्याक दिने स्मार्टडोकोले जनाएको छ । साथै ग्राहकले दैनिक १० हजार रुपैयाँसम्मको आकर्षक उपहारसमेत जित्न सक्ने बताइएको छ ।
त्यस्तै दैनिक डाइमण्ड ओमेगा १८ लिटरको ओभर टोस्टर ग्रिलर, क्रेन इलेक्ट्रिकल अल्ट्रासोनिक कुल एयर प्युरिफायर, पोको किड्स गिफ्ट भाउचर, बेबी ट्रि गिफ्ट भाउचर, इनर्जाइजर पावर बैंक, गोल्डस्टार जी१० जुत्तालगायत जापानिज क्वार्र्टाज मुभमेन्ट जेन्युन लेदर ब्याण्ड रिस्टवाच ग्राहकले प्राप्त गर्ने डोकोले जनाएको छ । स्मार्टडोकोले स्मार्ट दशैं अफरमा ग्राहकहरुलाई इलेक्ट्रिोनिक्स, हेल्थ एण्ड ब्युटी, एपिरियल्स, बेबी केयर र अन्य सामग्रीहरु सुपथ मूल्यमा उपलब्ध गराएको छ ।
स्मार्टडोकोको वेबसाइट तथा एपबाट सामान अर्डर गर्न सकिन्छ । बिहान ११ बजेभन्दा अगाडि अर्डर गरेमा सोही दिन ग्राहकले सामान प्राप्त गर्ने डोकोले जनाएको छ । स्मार्टडोकोले काठमाडौं उपत्यकाको रिङरोडभित्र निःशुल्क डेलिभरि र रिङरोडभन्दा बाहिर शुलभ मूल्यमा समान डेलिभरिको गर्छ । उक्त अफर असोज १४ देखि २१ गतेसम्म लागू हुनेछ ।