सोमबार, जेठ २०, २०८२

प्रधानमन्त्री ओली आज स्वदेश फर्किदै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं- साताव्यापी युरोप भ्रमण पूरा गरी प्रधानमन्त्री केपी शर्मा ओली आइतबार (आज) स्वदेश फर्कंदै छन् ।

यही जेठ २५ गते स्वीट्जरल्यान्ड, बेलायत र फ्रान्सको भ्रमणमा गएका ओली आज स्वदेश फर्किन लागेका हुन् । 

उनी शनिबार साँझ ५ बजे स्वीट्जरल्यान्डको जेनेभाबाट कतार एयरवेजको विमानबाट स्वदेशका लागि प्रस्थान गरेको प्रधानमन्त्रीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए । उनका अनुसार प्रधानमन्त्री ओली आज बिहान साढे १० बजे काठमाडौँ आइपुग्ने कार्यक्रम छ । 

प्रधानमन्त्री ओली स्वीट्जरल्यान्डको जेनेभामा अन्तर्रा्ष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को शतवार्षिकीका अवसरमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए । दुई दिन त्यहाँ बसेर प्रधानमन्त्री ओली बेलायत गएका थिए । 

बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना गरिएको विशेष समारोहलाई उनले सम्बोधन गरेका थिए । यस्तै बेलायतमा छँदा त्यहाँका प्रधानमन्त्री थेरेसा मे र राजकुमार हेनरी चाल्स अल्वर्ट डेभिड ह्यारीसँग भेटघाट गरेका थिए । 

बेलायतबाट रेलमार्फत फ्रान्स गएका प्रधानमन्त्री ओलीले त्यहाँका प्रधानमन्त्री इडोर्ड फिलिपसँग बिहीबार द्विपक्षीय भेटवार्ता गरेका थिए । 

लामो समयपछि नेपाली प्रधानमन्त्रीले यो ढङ्गबाट गरेको युरोप भ्रमण अत्यन्त फलदायी भएको परराष्ट्र मन्त्रालयको दाबी छ । आर्थिक सहकार्यको सम्बन्धलाई विस्तार गर्न भ्रमण फलदायी भएको दाबी गरिएको छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।