एजेन्सी- स्पेनिस महराथी क्लब रियल मड्रिडले एफसी टोकियोका मिडफिल्डर टेकेफुसा कुबो -जापानी मेस्सी)लाई अनुबन्ध गर्ने घोषणा गरेको छ । ‘जापानी मेस्सी’को नामले चिनिने कुबोलाई रियलले अनुबन्ध गर्ने घोषणा गरेको हो ।
१८ वर्षीय जापानी मेस्सीले यसै महिना राष्ट्रिय टोलीमा डेब्यु गरेका छन् । राष्ट्रिय टोलीमा डेब्यु गरेसँगै उनले ब्राजिलका आयोजना हुने कोपा अमेरिका समेत खेल्ने छन् ।
रियल मड्रिडको बयान अनुसार कुबोले आउने सिजनमा तेस्रो डिभिजनको क्लबमा आफ्नो प्रदर्शन देखाउने छन् । ‘रियल मड्रिडमा विश्व फुटबलका सबैभन्दा होनहार युवा खेलाडी हुने छन् । जो उत्कृष्ट टेक्निककासाथ मिडफिल्डरमा देखिने छन्,’ क्लबले भन्यो ।
रियलले कुबोलाई अनुबन्ध गर्न एफसी टोकियोलाई २ मिलियन पाउण्ड तिर्ने जनाएको छ । त्यस्तै खेलाडीलाई प्रत्येक वर्ष १ मिलियन पाउण्ड तिर्ने छ । कुबोसँग रियलले पाँच वर्षको सम्झौता गर्न लागेको हो । कुबोले जिनेदिन जिदानसँग सिनियर टोलीमा प्रशिक्षण लिने छन् भने कास्टिलका लागि खेल्न छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४