सोमबार, असार ३०, २०८२

जब ३५ वर्षीया माधवी ‘कुमाता’ बनिन्

बैतडीको डिलासैनी गाउँपालिका–७ ढाँडकी ३५ वर्षीय माधवी कार्कीलाई आफ्नै नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।
 |  मंगलबार, भदौ ८, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ ८, २०७८

धनगढी– एउटा नीति वचन छ, सन्तान खराब हुन सक्छन् तर आमा कहिल्यै ‘कुमाता’ हुँदिनन्। त्यसैले सहनशीलताकी प्रतिमूर्ति आमा सर्वत्र पुज्य हुन्छिन्। तर केही आमा भने यस्ता नीति वचनलाई नै चुनौती दिएर बदनाम बनेका उदाहरण समाजमा बेलाबखत देखा पर्छ। यस्तै उदाहरण बनेकी छन् ३५ वर्षीया माधवी कार्की। जो आफैंले जन्माएको नवजात शिशुको हत्या गरेको आरोपमा पक्राउ परेकी छन्। 

बैतडीको डिलासैनी गाउँपालिका–७ ढाँडकी ३५ वर्षीय माधवी कार्कीलाई आफ्नै नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ। अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्म हुनासाथ आइतबार बिहान १० बजे घर नजिकैको मकैबारीमा नवजात शिशुको घाँटी निमोठेर हत्या गरेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले बताए। ससुराले माधवीले नवजात शिशुको हत्या गरेको खबर गरेपछि आइतबार नै घटनास्थल पुगेको प्रहरीले टोलीले घटनास्थलमै माधवी बेहोस् अवस्थामा फेला पारेको प्रहरी निरीक्षक राजेश शाहीले बताए। 

ससुराले माधवीले नवजात शिशुको हत्या गरेको खबर गरेपछि आइतबार नै घटनास्थल पुगेको प्रहरीले टोलीले घटनास्थलमै माधवी बेहोस् अवस्थामा फेला पारेको प्रहरी निरीक्षक राजेश शाहीले बताए। 

‘घटनास्थल टाढा भएकाले प्रहरीलाई त्यहाँ पुग्न ढिलो भयो’,  शाहीले भने,  ‘त्यो दिन माधवीलाई उपचारका लागि स्वास्थ्य चौकी लगेर टोली घटनास्थलको सुरक्षा गरेर बस्यो। भोलिपल्ट ल्याएर अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरेका छौं।’ ससुराले माधवीविरुद्ध कर्तव्य ज्यान मुद्दा उजुरी दिएका छन्।  माधवीका पति वैदेशिक रोजगारमा छन्। शाहीले भने,  ‘माधवीको गाउँकै १७ वर्षीय किशोरसँग अवैध सम्बन्ध रहेको बुझिएको छ।’  महिला स्वास्थ्य स्वयंसेविका रहेकी माधवीको १३ वर्षीय छोरा छन्।

प्रकाशित: Aug 24, 2021| 16:36 मंगलबार, भदौ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।