बुधबार, साउन १, २०८२

भारतमा गर्मी चरमोत्कर्षमा : ५०.८ डिग्री पुग्यो तापक्रम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

दिल्ली- भारतमा गर्मी चरमोत्कर्षमा पुगेको छ। देशका विभिन्न स्थानमा तापक्रम ४५ डिग्री सेल्सियसभन्दा उकालो लागेको छ।

उत्तरी राज्य राजस्थानको चुरुमा आइतबार तापक्रम ५०.८ डिग्री पुगेको भारतको मौसम विभागले जनाएको छ। तापक्रम बढेपछि राजस्थान र मध्य प्रदेश राज्यमा गर्मीको लहर बढ्ने चेतावनी दिइएको छ।

दुवै राज्यमा सर्वाधिक गर्मी हुने गर्छ। यो वर्ष उत्तरी समथर भूमिदेखि पश्चिम तथा दक्षिणी भेगमा पनि प्रचण्ड गर्मी भएको छ। घरबार नभएका व्यक्तिहरू गर्मीबाट धेरै पीडित भएका छन्। सडक व्यापारी, ट्राफिक प्रहरी तथा रिक्साचालकहरू गर्मीमै काम गर्न बाध्य छन्।

मौसमसम्बन्धी जानकारी दिने वेबसाइट एल डोराडोले विश्वका १५ गर्मी स्थानको सूचीमा सोमवार भारतका सातवटा सहरलाई राखेको छ। बाँकी आठ स्थान पाकिस्तानमा छन्।

पाकिस्तानको सिन्ध प्रान्तस्थित जेकोबाबादमा तापक्रम ५१ डिग्री सेल्सियस पुगेको छ। सो सहरलाई पृथ्वीकै सबैभन्दा गर्मी स्थान मानिएको छ।

मनसुनमा विलम्ब हुने लक्षण देखिएकाले गर्मी अझ अरू केही दिन रहने भारतको मौसम विभागले जनाएको छ। बीबीसी
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।
बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।