काठमाडौं । नागरिक लगानी कोषमा आबद्ध व्यक्तिले आरोग्य निलायम मल्टिस्पेशलिष्ट पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर नयाँ बानेश्वरमा स्वास्थ सेवा लिँदा ५५.५६ प्रतिशतसम्म छुट पाउने भएका छन् । कोष र पोलिक्लिनिकबीच बुधबार स्वास्थ्य परीक्षणमा छुट दिने सम्झौता भएसँगै कोषमा आबद्ध व्यक्तिले छुट पाउने भएका हुन् ।
साे सम्झौताअनुसार कर्मचारी तथा कर्मचारीका परिवार एवं कोषका कार्यक्रमरुमा सहभागी र सहभागीका परिवारहरुको स्वास्थ परीक्षणमा छुट पाउने छन् ।
साे सम्झौतामा कोषका कार्यकारी निर्देशक रमण नेपाल र डाइग्नोष्टिक सेन्टरका अध्यक्ष एवं प्रमुख कार्यकारी अधिकृत राजेश देवले हस्ताक्षर गरेका छन् । सेन्टरमा कोषका कर्मचारी र उनीहरुको परिवारका सदस्यलाई ल्याब सेवामा ३० प्रतिशत, दसैं-तिहारमा ल्याब सेवामा ४० प्रतिशत, घरमै नमुना संकलनको सुविधा, अल्ट्रा साउण्ड र इसिजिमा २०/२० प्रतिशत , माइनर अपरेसनमा १५ प्रतिशत, चिकित्सक परामर्शमा १५ प्रतिशत, वर्षमा एक पटक फुल बडी परीक्षणमा ५५.५६ प्रतिशत र मुख्य अपरेसन गर्न साझेदार हस्पिटलमा विशेष छुट हुने छ ।
त्यसैगरी कोषका सहभागी र उनीहरुको परिवारका सदस्यहरुलाई ल्याब सेवामा २५ प्रतिशत, दशै र तिहारमा ल्याब सेवामा ३५ प्रतिशत, घरमै नमुना संकलनको सुविधा, अल्ट्रा साउन्ड र इसिजिमा १५ प्रतिशत, एक्सरेमा १५ प्रतिशत, माइनर अपरेसनमा १० प्रतिशत, चिकित्सक परामर्शमा १० प्रतिशत एवं मुख्य अपरेसन गर्न साझेदार हस्पिटलमा विशेष छुट दिने बताइएको छ ।
सम्झौता कार्यक्रममा कोषका नायब कार्यकारी निर्देशक इन्द्रकुमार कट्टेल, निर्देशक गोपाल घिमिरे, कामु नायब निर्देशक रोशनजंग कार्की, उप निर्देशक अमृतबहादुर अधिकारीको उपस्थिति थियो ।