काठमाडौं । टीभीएसले चाडपर्व लक्षित गर्दै आकर्षक टीभीएस ६ प्राइजको सरप्राइज योजना ल्याएको छ। ६ पटकसम्म उपहार जित्न मिल्ने यस उपहार योजनाअन्तर्गत ग्राहकहरूले विभिन्न टीभीएसका मोटरसाइकल तथा स्कुटरको खरिदमा हात खाली नहुन्जेल आकर्षक तथा भव्य उपहारहरु प्राप्त गर्नेछन्।
यो योजना यही २०७८, भदौ १६ बुधबारबाट सुरु भइ सम्पूर्ण चाडपर्वहरु सकिएपछि समाप्त हुने बताइएको छ। यो योजना मुलुकभरिका सम्पूर्ण टीभीएस सोरुमहरुमा उपलब्ध हुनेछ।
यो योजनाअन्तर्गत ग्राहकले किन्दै नकिनी टीभीएस नेपाल डट कममा गएर १ लाख रुपैयाँसम्म जित्न सक्नेछन् र सवारी खरिद गर्दा १० लाखसम्मको नगद हात पार्न सक्नेछन्।
यो योजना अनुसार दैनिक रिएल मिसि२० स्मार्ट फोन उपहार स्वरुप यस योजनाअन्तर्गत राखिएको छ।
यसैगरी यस योजनाले ग्राहकलाई हरेक साता शतप्रतिशत क्यास ब्याकको अफरसमेत राखेको छ। जसमा ग्राहकले सवारी खरिद गर्दा बुझाएको सम्पूर्ण रकम फिर्ता पाउनेछन् भने हरेक महिना टीभीएस अपाचे आरआर ३१० पाउने सुवर्ण अवसर समेत रहेको छ ।
सो योजनाको मुख्य सरप्राइजमा यसको बम्पर प्राइज रहेको छ, जहाँ ग्राहकले योजनाको अन्त्यमा टिभिएसको सवारीसँगै प्रोटोन सागा कार घर लैजाने छन्। यति मात्र नभई रिएलमी स्मार्ट फोन र अपाचे आरआर ३१० जित्ने मौका पनि पाउनेछन्।
साे योजना अवधिभर १० लाखसम्मको नगद, शत प्रतिशत क्यास ब्याक, अपाचे आरआर ३१० र प्रोटोन सागा कारका बिजेताको छनौट प्रत्यक्ष गोलाप्रथा मार्फत हरेक शुक्रवार साँझ ६स्४५ बजे हिमालयन टिभीबाट प्रशारण गरिने जगदम्बा मोटर्सले बताएको छ।