काठमाडौं । साओमी कम्पनीले २०२१ को दोस्रो त्रैमासिकमा नेपाली स्मार्टफोन बजारको ३८.९ प्रतिशत हिस्सा ओगटेको छ । यससँगै कम्पनीले नेपाली बजारमा आफ्नो अग्रणी स्थानलाई कायम राख्न सफल भएको छ । साओमीले २०२०को तेस्रो त्रैमासिकदेखि शीर्ष स्थान कायम गर्न सफल भएको हो ।
दोस्रो त्रैमासिक २०२१ को मोबाइल फोन ट्र्याकरअनुसार, साओमीले बजारमा सामसुङ , भीभो र टेक्नोलाई पछि पार्दै सो स्थान बनाउन सफल भएको हो । २०२१ को दोस्रो त्रैमासिकमा शीर्ष सात स्मार्टफोन मध्ये ६ वटा मोडल साओमी कम्पनीको मात्र रहेको थियो ।
आईडीसीअनुसार लगातार ४ त्रैमासिकदेखि साओमी नेपालको नम्बर एक स्मार्टफोन कम्पनी रहँदै आएको छ । सो अवसरमा शाओमीको नेपालस्थित जनरल म्यानेजर सौरभ कोठारीले खुसी व्यक्त गरेका छन् ।
एमआई ११, एमआई ११ एक्स प्रो, रेड एमआई के २० सिरिज, पोको एफ ३ आदि जस्ता मूल्य क्षेत्रहरूमा धेरै उत्पादनहरूको लन्चको कारण ब्राण्डको बजारमा उल्लेखनीय वृद्धि देखिएको छ । यसका साथै शाओमीले एमआई वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क आदि सहित नेपालमा ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरू पनि लन्च गरेको छ ।
यसको अतिरिक्त, अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पुर्याएको छ । आज नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै, शाओमीले देश भरिमा २ हजार भन्दा धेरै अफलाइन पार्टनर स्टोर र ६ सयभन्दा धेरै एमआई प्रिफर्ड पार्टनर स्टोरहरूलाई स्थापित गरेको छ । कम्पनीको हाल नेपालको विभिन्न स्थानहरूमा एक बलियो वितरण नेटवर्क छ ।
उनीहरूले विशेष अधिकृत सेवा केन्द्रहरूको साथ साथै नेपालमा ग्राहकको आवश्यकताहरूलाई पूरा गर्नका लागि एक समर्पित सेवा वेयरहाउसकोे माध्यमबाट मजबुत आफ्टर सेल्स सेवासंँगै बजारमा आफ्नो स्थिति बलियो बनाएको छ ।