बुधबार, जेठ ८, २०८२

प्रदेशस्तरीय सुरक्षा बैठक सुरु

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

जनकपुरधाम - प्रदेश २ को जनकपुरमा प्रदेशस्तरीय दुईदिने सुरक्षा गोष्ठी शुक्रबार सुरु भएको छ। प्रदेशको सुरक्षा संरचना, शान्ति सुरक्षाको वर्तमान अवस्था र आगामी दिनमा अपनाउनुपर्ने सुरक्षा रणनीति तयार गर्ने उद्देश्यले सुरक्षा गोष्ठी आयोजना गरिएको हो।

गोष्ठीमा प्रदेशको शान्ति सुरक्षाको अवस्थाबारे विश्लेषण गर्नुका साथै आगामी रणनीति तय गर्नबारे छलफल हुने नेपाल प्रहरी प्रमुख आइजिपी सर्वेन्द्र खनालले बताए।

शुक्रबार प्रदेश २ मातहतका आठै जिल्लाका सुरक्षा निकायको आन्तरिक बैठक हुँदै छ। गोप्य एवं आन्तरिक भनिएको बैठकमा नेपाल प्रहरीका प्रमुख खनाल, सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, नेपाली सेनाका प्रमुख, प्रदेश २ का आठ जिल्लाका प्रमुख जिल्ला अधिकारी र जिल्लाका प्रहरी प्रमुखहरु सहभागी हुनेछन्।

शनिबार गृहमन्त्री र गृह सचिवसहितको बैठक बस्ने खनालले जानकारी दिए। गोष्ठीमा सहभागी हुन गृहमन्त्री रामबहादुर थापा शनिबार जनकपुर आउँदैछन्। दोस्रो दिनको बैठकमा गृहमन्त्री थापा, गृहसचिव प्रेमकुमार राई, प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादव, सुरक्षा सल्लाहकारलगायतका पदाधिकारीहरुको सहभागिता रहने प्रदेश २ का प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले जानकारी दिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।