बुधबार, जेठ ८, २०८२

प्रलोभन देखाउँदै धर्म परिवर्तन गराउने ५ जना पक्राउ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

काठमाडौं – प्रलोभन देखाउँदै धर्म परिवर्तनमा लागेका ५ जना क्रिश्चियन धर्म प्रचारकलाई प्रहरीले पक्राउ गरेको छ। धर्म परिवर्तन गराउँदै हिँडेको अभियोगमा दाङ प्रहरीले २ विदेशी नागरिकसहित ५ जनालाई पक्राउ गरेको छ।
 
पक्राउ पर्नेमा एकजना अमेरिकी नागरिकसमेत रहेका छन्। उनीहरुलाई प्रहरीले स्थानीयको उजुरीका आधारमा घोराहीको होटेल डोकोबाट पक्राउ गरेको बताएको छ। पक्राउ पर्नेमा अमेरिकी नागरिक सिनक्वान्टा ओलिएना मे, भारतीय नागरिक गौरव श्रीवास्तवका साथै क्रिश्चियन समाजका महासचिव पोखराका डिल्लीराम पौडेल, संखुवासभाका कुन्साङ तामाङ र गाडी चालक नेपालगञ्जका प्रमोद काफ्ले रहेका जिल्ला प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले बताए।

पक्राउ परेकामध्ये अमेरिकी नागरिकलाई देश निकाला गर्न आग्रहसहित अध्यागमन विभागलाई पत्राचार गरिएको एसपी पाण्डेले बताए। जिल्ला प्रहरी कार्यालय दाङले पक्राउ परेकाहरु विरुद्ध मुद्दा दर्ता गरी दाङ जिल्ला अदालतबाट ५ दिनको म्याद थपेर अनुसन्धान सुरु गरेको छ। 

पक्राउ परेकामध्ये अमेरिकी महिलाबाहेक तीन नेपाली र एक भारतीयलाई मुलुकी अपराध संहिता दफा १५८ को उपदफा २ बमोजिम जबरजस्ती धर्म परिवर्तन गराएको अभियोगमा मुद्दा चलाइएको छ। अमेरिकी नागरिकको भने भिसा रद्द गर्दै देशनिकाला गर्न पत्राचार गरिएको छ। 

यस्तै प्रहरीले उनीहरुको साथबाट स्कार्पियो गाडी, बाइबलले भरिएका कार्टुन, रकम राखिएका खाम, ल्यापटप, पेनड्राइभलगायतका सामग्री बरामद गरेको छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।