काठमाडौं । डाबर नेपालले ‘रियल इम्युनो म्याङ्गो प्लस’ नेपाली बजारमा ल्याएको छ । डाबरले महामारीको अवस्थामा रोग प्रतिरोधात्मक शक्ति बढाउन सहयोग पुर्याउने उद्देश्यले नयाँ जुस बजारमा ल्याएको हो ।
उक्त जुस विश्वभरि नै उपलब्ध भए पनि नेपालकै पहिलो फोर्टिफाइड जुस भएको समेत डाबरले जनाएको छ । साथै परिवारको रोग प्रतिरोधात्मक शक्तिको आवश्यकताबारे गरिएको बजार अनुसन्धानबाट रियल इम्युनो म्याङ्गो प्लस तयार पारिएको कम्पनीले जनाएको छ ।
डाबर नेपालका प्रमुख एचएस बेदीका अनुसार, डाबरले आफ्ना उत्पादनलाई नेपालको नम्बर १ जुस उत्पादक बनाउँदै नयाँ उत्पादन बजारमा ल्याउनेछ । ‘रियल इम्युनो म्याङ्गो प्लस, एउटा स्वास्थ्यवद्र्धक र ज्यादै मीठो आँपको जुस हो, जुन पावर अफ फाइभले भरिपूर्ण छ ।
रोग प्रतिरोधात्मक शक्ति बढाउनका लागि प्रमाणित मह, तुल्सी, अश्वगन्धा, भिटामिन सी र जिङ्ककले रोग प्रतिरोधात्मक शक्ति बढाउन र पोषण सुधार्न मद्दत गर्छ ।’ प्रमुख बेदीले भने, ‘यो जुस आँपको मीठो स्वादमा आउने भएकाले यसमा टेष्ट र हेल्थ दुवै पाइन्छ ।’
त्यस्तै डाबर नेपालका मार्केटिङ प्रमुख अभयप्रसाद गोर्खालीले कोभिड–१९ को अवस्थामा ग्राहकहरुले रियल इम्युनो म्याङ्गो प्लसको अवधारणलाई समय अनुकूल मानेर प्रशंसा गरेको बताएका छन् । उक्त फोर्टिफाइड म्याङ्गो जुस १८० एमएलको मूल्य ३० रुपैयाँ र १ लिटर प्याकको मूल्य २ सय ५० रुपैयाँ तोकिएको छ ।