काठमाडौं । विश्वविख्यात कम्पनी कोकाकोलाले देवयानी राज्यलक्ष्मी राणालाई दक्षिण एसियाका लागि उपाध्यक्ष चयन गरेको छ । यससँगै राणाले कम्पनीको दक्षिण–पश्चिमी एसियाली शाखाको सार्वजनिक मामिला, सञ्चार र दिगो विकासका विषयलाई हेर्ने छिन् ।
राणाले सरकारी तथा कर्पोरेट मामिला, रणनीतिक व्यावसायिक वकालत, जोखिम व्यवस्थापन, सञ्चार, सीएसआर तथा दिगो विकासका क्षेत्रमा २५ वर्षभन्दा धेरै लामो कार्य अनुभव संंगालेको कम्पनीले बताएको छ ।
दक्षिण एसियाली क्षेत्रको पूर्वाधार, वातावरण, सामाज, सरकार, व्यापापरका क्षेत्रमा कम्पनीको प्रभाव बढाउन प्रभावकारी रणनीति निर्माणमा उनको सफलताका कारण व्यवसायिक वृद्धि, कम्पनीको विस्तार र घरेलु तथा निर्यात बजारमा निर्माण उद्योग विस्तार भएको बताइन्छ ।
२५ वर्षभन्दा लामो कम्पनी संलग्नताको अवधिमा उनले धेरैभन्दा धेरै सरोकारवालाहरुसँग सहकार्य गरेर दिगो कार्यक्रम निर्माण गरिसकेकी छिन् । दक्षिण–पश्चिमी एसियाली क्षेत्रमा कम्पनीको लक्ष्य प्राप्तिका लागि कोका कोला नेतृत्वको नयाँ अनुहार देवयानी राणाले महत्वपूर्ण भूमिका खेल्ने कम्पनीको विश्वास छ ।
देवयानी राज्यलक्ष्मी राणा नेपालका चर्चित राजनीतिज्ञ राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर राणाकी छोरी हुन् । स्वर्गिय युवराज दीपेन्द्र वीरविक्रम शाह देवसँगको प्रेम सम्बन्धका कारण कुनै समय चर्चामा रहेकी राणाले सन् २००७ मा भारतकै राजनीतिक परिवारका एश्वर्य सिंहसँग विवाह गरेकी थिइन् ।