काठमाडौं । लामो समयदेखि जारी रहेको निषेधाज्ञा विस्तारै खुकुलो हुदै गएको छ ।
आइतबार साझ बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैंठकले ८ गतेबाट बार अनुसार पसल खोल्न दिने र जोर विजोर प्रणालीमा निजी सवारी साधान सञ्चालन गर्न दिने निर्णय गरेको छ ।
तर, सार्वजनिक यातायातका साधनहरु भने एक साता अर्थात असार १४ गतेसम्म सञ्चालनमा रोक लगाउने निर्णय गरेको छ ।
योसँगै सभा,तालिम,सेमिनार, सिनेमा हल,पार्टि प्यालेस,डान्सबार,नाचघर,क्लब,स्वीमिङ पुल,मनोरन्जन स्थल,सैलुन,ब्यूटिपार्लर,हेल्थक्लब,जिमखाना लगायत मानिसहरुको भिडभाड हुने अन्य सबै प्रकारका कार्यक्रमहरु सञ्चालन गर्न पाइने छैन ।
यस्तै फुटपाथ तथा खुल्ला ठाउँमा सञ्चालन हुने विभिन्न व्यापार व्यवसाय सञ्चालनमा रोक लगाउनुको साथै शैक्षिक संस्थाहरु पनि भौतिक उपस्थीतिमा सञ्चालन गर्न पाइने छैन ।