काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा खुकुलो बनाइने भएको छ । त्यसका लागि प्रशासन कार्यालयले बार अनुसार पसलहरु खोल्न दिने भएको छ ।
आइतबार, मंगलबार र बिहीबार ११ देखि ४ बजेसम्म सुन, भाँडाकुडा, अटो मोबाइल्स, विद्युतीय सामग्री खोल्नपाइन्छ ।
सोमबार, बुधबार र शुक्रबार ११ बजेदेखि ४ बजेसम्म सपिङ मल, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी टेलरिङ पसल खोल्न दिइनेछ।
खाद्यान्न, दूध, किताब पसललगायतका पसलहरू बिहान ११ बजेसम्ममात्र खोल्न पाइन्छ भने रेष्टुराँ, होटलहरूले भने टेक अवे र होम डेलिभरी गर्न पाउने भएका छन् ।
हार्डवेयर पसलहरु दैनिक ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्न पाउने भएका छन् । शनिबार अत्यावश्यक बाहेकका पसलहरु खुल्न नपाउने भएका छन् ।