काठमाडौं । विश्वव्यापी रुपमा प्रतिष्ठित टु व्हीलर र थ्री–व्हीलर निर्माता टिभिएस मोटर कम्पनीको स्पोर्टी ब्लुटुथ जडित टिभिएस एनटर्क १२५ ले अन्तर्राष्ट्रिय बजारमा १ लाख युनिट बिक्री गर्ने उद्देश्य पुरा गरेको छ । सन् २०१८ मा भारतमा पहिलो ब्लुटुथ जडान गरी टिभिएस एनटर्क १२५ को रुपमा सुरु गरिएको स्कुटरले बिक्री गर्ने उद्देश्य पुरा गरेको हो ।
ब्रान्ड इन्डस्ट्रि फस्ट टेक्नोलोजी, बेजोड शैली र चयनका साथ अन्तर्राष्ट्रिय बजारमा उक्त स्कुटरले उत्कृष्ट प्रदर्शन गर्न सफल भएको छ । हाल टिभियस एनटर्क दक्षिण एसिया, ल्याटिन अमेरिका, मिडल इस्ट र आशियनका १९ देशहरुमा प्रयोग गरिएको छ ।
टिभिएस मोटर कम्पनीका निर्देशक एवम् सीईओ के एन राधाकृष्णनले स्मार्ट स्कुटर टिभिएस एनटर्क १२५ ले अन्तर्राष्ट्रिय बजारमा १ लाख बिक्रीको लक्ष्य हासिल गरेकोमा कम्पनी खुसी रहेको बताएका छन् । उनका अनुसार, स्कुटर सुरुवातदेखि नै विश्वव्यापी जेन जेड ग्राहकहरुको माझमा लोकप्रिय बनेको थियो । त्यस्तै स्कुटरमा स्ट्राइकिंग उपस्थिति, जडित टेक्नोलोजी र उच्चप्रदर्शन जस्ता विशेषता रहेको उनले बताए ।
टिभिएस एनटर्क १२५ ले रेसिंग पेडिग्रीद्वारा समर्थित उत्कृष्ट प्रदर्शनको प्रस्तुत गर्छ । साथै रेस ट्युन्ड युलइन्जेक्शन(आरटी–एफआई) को साथ सुसज्जित पहिलो स्कुटर पनि हो । त्यस्तै स्कुटरले एक्स्क्ल्युसिभ टिभियस कनेक्ट मोबाइल एप्लिकेसनसँग पेयर गरिएको एक इनोभेटिभ ब्लुटुथ–इनेबल्ड टेक्नोलोजी टिभियस स्मार्ट कनेक्टलाई प्रिमियर गर्दछ ।
टिभिएस स्मार्ट कनेक्टले फुल्ली डिजिटल स्पीडोमिटरमा फस्ट–इन–सेगमेन्ट थपको होस्टलाई इनेबल गर्छ । जसले नेभिगेशन एसिस्ट, टप स्पिड रेकर्डर, इन–बिल्ट–ल्याप–टाइमर, फोन–ब्याट्री स्ट्रेन्थ डिस्प्ले, लास्ट पाक्र्ड लोकेशन एसिस्ट, सर्भिस रिमाइन्डर, ट्रिप मिटर र मल्टि राइड स्टाटिस्टिक्स मोडहरु जस्तै स्ट्रिट र स्पोर्ट जस्ता सुविधाहरुलाई समेटेको छ ।
नेपालमा टिभिएस एनटर्क १२५ को पहिलो पटक लन्च न्यासनल अटोमोबाइल डिलर एसोसिएशन(नाडा)अटो शोमा गरिएको थियो । स्कुटर विशेष गरि युवाहरुका लागि डिजाइन गरिएको र स्कुटर टिभिएस रेसिंग पेडेग्रीमा आधारित भएकाले उक्त स्कुटर नेपाली ग्राहकको माझमा पहिलो रोजाईमा परेको कम्पनीको दाबी छ । साथै स्टेट–अफ–आर्ट सीभीटीआई–आरईभीभी३ भल्भइन्जिनका साथ उपलब्ध छ ।
स्कुटरले विशेष टेक्नोलोजी प्ल्याटफर्म–टिभियस स्मार्ट कनेक्टको पनि लन्च गरेको छ । त्यसका साथै जगदम्बा मोटर्सले नेपालमा एनटर्क रेस एडिसनको लन्च गर्यो । रेस एडिसनमा एलईडी डीआरएल र अल–एलईडी हेडल्याम्प रहेको छ जसले रेगुलर ह्यालोजेन युनिट भन्दा राम्रो प्रदान गर्ने कम्पनीले जनाएको छ । त्यो बाहेक स्कुटरमा हजार्ड ल्याम्प रहेको छ । जसलाई रातो रंगको हजार्ड स्वीचको सहयोगमा स्वीच अन गर्न सकिन्छ । सो स्कुटरको प्रमुख भिजुअल हाइलाइट भनेको ‘रेस एडिसन’ प्रतिकका साथ भाइब्रेन्ट चेकर्ड ल्याग ग्राफिक्सको प्रस्तुती दिनु हो ।
रेस एडिसन म्याट ब्ल्याक, मेटालिक ब्ल्याक र मेटालिक रेड रंगको तीन–टोन रंगको संयोजनमा उपलब्ध छ । स्कुटरले ब्लुटुथ मार्फत स्मार्टफोन जडानलाई समर्थन गर्नुका साथै स्कुटरमा टिभियस कनेक्ट नामको मोबाइल एप्लिकेशन पनि रहेको छ । स्कुटरमा उर्जा प्रदानगर्न १२४.७९ सीसीको एयर कुल्ड एसओएचसी इन्जिन रहेको कारण रेस्पेक्टिभ पावर प्रदान गरी ९.२ एचपी र १०.५ न्युटन मिटरको टर्क आउटपुट दिन सक्छ ।
जगदम्बा मोटर्सका एमडी शहिल अग्रवालले भने ‘यो स्कुटर सबै ग्राहकहरुबीच लोकप्रिय बनेको छ र रेस एडिसनले धेरै भन्दा धेरै मनोरञ्जनताको एलिमेन्टलाई प्रस्तुत गर्दै सबै ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्छ ।’
सन् २०२० मा एनटर्क १२५ नेपाली बजारमा सबैभन्दा बढी बिक्री हुने १२५ सीसीको प्रिमियम स्कुटर हो । नेपाली बजारमा यो स्कुटरले बीयस४, १२४.७९ सीसीको एकल सिलिन्डर, ४–स्ट्रोक,३–भल्भ, एयर कुल्ड एसओएचसी इन्जिन रहेको छ । जसले ९.४ बीएचपी७५०० आरपीयम र १०.५ न्युटन मिटर ५५०० आरपीयमको पावर प्रदान गर्छ । बीयस६ एनटर्क १२५ को लन्चपनि छिट्टै गर्ने कम्पनीले जनाएको छ ।
नेपाली बजारमा एनटर्क १२५ को स्कुटर रेगुलर एनटर्क १२५, एनटर्क १२५ रेस एडिसन र एनटर्क सुपर स्क्वाड एडिसन गरी तीन प्रकारमा उपलब्ध छ ।
रेगुलर एनटर्क १२५ को मूल्य नेपाली रु २,१८,९०० (ड्रम) र नेपाली रु २,४५,९००(डिस्क), एनटर्क १२५ रेस एडिसनको मूल्य नेपाली रु २,६१,९०० र एफआईलाई नेपाली रु २,७७,९०० अनि एनटर्क सुपर स्क्वाड एडिसनको मूल्य नेपाली रु २,६६,९०० रहेको छ ।
टिभियस एनटर्क १२५ तीनवटा भेरियन्ट–डिस्क,ड्रम र रेस एडिसनमा पाइन्छ । उक्त टिभियस म्याट रेड, मेटालिक ग्रे, मेटालिक रेड, मेटालिक ब्लु रंगहरुमा पाइन्छ भने, रेस एडिसन रेड–ब्ल्याक र पहेलो–ब्ल्याक रंगहरुमा उपलब्ध छ ।