शुक्रबार, असार २०, २०८२

कर्णालीमा आफ्नैले साथ छोड्दा माधव नेपाल कमजोर

नेकपा एमालेका युवा नेता विष्णु रिजाल कुनै समय माधवकुमार नेपालका विश्वास पात्र थिए। पछिल्लो पटक २०६६ सालमा प्रधानमन्त्री हुँदा रिजालले नेपालको किचेन क्याविनेटमा रहेर प्रेस संयोजकको भूमिका निभाएका थिए। दैलेख स्थायी घर भएका रिजाल र नेपालको सम्बन्ध लामो समय टिक्यो।
 |  शुक्रबार, भदौ ४, २०७८

देव राना

देव राना

शुक्रबार, भदौ ४, २०७८

सुर्खेत- नेकपा एमालेका युवा नेता विष्णु रिजाल कुनै समय माधवकुमार नेपालका विश्वास पात्र थिए। पछिल्लो पटक २०६६ सालमा प्रधानमन्त्री हुँदा रिजालले नेपालको किचेन क्याविनेटमा रहेर प्रेस संयोजकको भूमिका निभाएका थिए। दैलेख स्थायी घर भएका रिजाल र नेपालको सम्बन्ध लामो समय टिक्यो। 

नेपाल समूहमा हुँदा रिजाल एमाले अध्यक्ष केपी शर्मा ओलीको कट्टर विरोध थिए। २०७७ फागुन २३ गतेसम्म नेपाल समूहमै रहेका रिजालले एकाएक साथ छोडे। २३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई पूर्ववत् अवस्थामा फर्काइदिएपछि नेपाल अप्ठेरोमा थिए। विवाद उत्कर्षमा पुग्दै थियो। नेपाल पार्टी भित्रै संकटपूर्ण अवस्थामा थिए। संकटकै घडीमा रिजालले नेपालको साथ छोडिदिए।

एमाले सुर्खेतका अध्यक्ष एवम् प्रतिनिधिसभा सदस्य ध्रुवकुमार शाही केही समय अघिसम्म माधव नेपाल समूहका भरोसायोग्य नेता थिए। नेपाल समूहबाटै नऔं महाधिवेशनबाट सुर्खेत अध्यक्षमा निर्वाचित भए। २०७४ सालको निर्वाचनमा नेपाल समूहको भागबाटै चुनाव लडे। २०७८ बैशाख २७ गतेसम्म नेपाल समूहमै रहेका उनले त्यसयता उनको समूह छोडिसकेका छन्। संसदमा ओलीले विश्वासको मत दिने बेला शाहीले नेपालको साथ छोडेका हुन्। उनले कित्ता परिवर्तन गरेसँगै सुर्खेतमा नेपाल पक्ष कमजोर बनेको छ।

विश्वास पात्रहरूले साथ छोड्नु र लामो समयदेखि एउटै मोर्चामा रहेका नेताहरू नयाँ पार्टीमा नखुलेपछि कर्णालीमा माधव नेपालको पार्टी कमजोर बन्ने संकेत देखिएको छ। 

दैलेखका प्रतिनिधिसभा सदस्य राजबहादुर बुढा पनि लामो समयदेखि नेपाल समूहमा थिए। गएको बैशाख २७ गतेदेखि बुढा पनि नेपालको मुद्दामा अडिक रहन सकेनन्। नेपाल समूहले ओलीलाई विश्वासको मत नदिने अडानमा रहेकै बेला उनले विश्वासको मत दिए। त्यसपछि पनि नेपाल समूहमै फर्किए। तर, लामो समय अटाउन सकेनन्। बुधबार माधवकुमार नेपालले आफ्नो नेतृत्वमा नेकपा (समाजवादी) पार्टी गठन गरे। नेपालको नयाँ पार्टीमा बुढा अटाउन सकेनन्।

कर्णाली प्रदेशसभा सदस्य करविर शाही लामो समयदेखि माधव नेपाल समूहमा लागे। नऔं महाधिवेशनमा नेपाल समूहबाट चुनाव लडेर एमाले जाजरकोटको जिल्ला अध्यक्षमा निर्वाचित भए। २०७४ सालको निर्वाचनमा नेपाल समूहबाट टिकट पाए। सांसद भएपछि पनि नेपाल समूहमै रहे। तर, बुधबार नेपालले गठन गरेको नयाँ पार्टीलाई साथ दिन सकेनन्।

रिजाल, शाहीद्वय र बुढामात्रै होइन। माधवकुमार नेपाललाई लामो समयदेखि साथ दिँदै आएका कर्णालीका नेताहरूले पछिल्लो समय उनको साथ छोडेका छन्। ४ महिना अघिसम्म कर्णाली प्रदेशमा नेपाल समूह बलियो थियो। सल्यानका प्रकाश ज्वाला, दैलेखका राजबहादुर बुढा, विष्णु रिजाल, अम्मरबहादुर थापा,  सुर्खेतका ध्रुवकुमार शाही, मुगुका चन्द्रबहादुर शाही, कालीकोटका कुर्मराज शाही, जाजरकोटका करविर शाही र निरज आचार्य लगायतका प्रभावशाली नेता नेपाल समूहमा थिए। तर, अहिले ज्वाला, थापा, कुर्मरामात्रै खुलेका छन्। 

तत्कालीन नेकपाको केन्द्रीय सदस्य बनिसकेका निरज आचार्य माधव नेपालको नयाँ पार्टीको केन्द्रीय सदस्यमा अटाएका छैनन्। केन्द्रीय सदस्य बनेका चन्द्रबहादुर शाही पनि अहिले आफू एमालेमै रहेको बताउँछन्।

अहिले एमालेमा सुर्खेतका यामलाल कँडेल, सुर्खेतका ध्रुवकुमार शाही, पूर्व स्वास्थ्य राज्यमन्त्री नवराज रावत, दैलेखका विष्णु रिजाल, सल्यानका गुलावजंग शाह, जाजरकोटका करविर शाही, हुम्लाका गोरख बोगटी, पूर्व सामाजिक विकास मन्त्री दल रावल लगायत नेताहरू छन्।

एमालमा अन्तरसंघर्ष उत्कर्षमा पुगेकै बेला केही नेताले नेपालको साथ छोडे। बाँकी रहेका नेताहरूले पनि बुधबारदेखि नयाँ पार्टी गठन गरेदेखि साथ छोडि दिएका छन्। कर्णालीमा विश्वास पात्र भनिकै व्यक्तिहरूले संकटमा नेपाललाई साथ दिएका छैनन्। बुधबारसम्म नेपाल समूहमै रहेका प्रतिनिधि तथा प्रदेशसभा र स्थानीय तहका नेताहरू नयाँ पार्टीमा खुलेका छैनन्। 

विश्वास पात्रहरूले साथ छोड्नु र लामो समयदेखि एउटै मोर्चामा रहेका नेताहरू नयाँ पार्टीमा नखुलेपछि कर्णालीमा माधव नेपालको पार्टी कमजोर बन्ने संकेत देखिएको छ। यद्यपी नेपालको एमाले समाजवादीका नेताहरूले भने पहिलेको सम्पूर्ण शक्ति आफूसँगै रहेको दाबी गर्दै आएको छ। ‘पार्टीले औपचारिक मान्यता पाउन बाँकी रहेका कारण सबै कमरेडहरू खुल्लु भएको छैन,’ कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रीसमेत रहेका अम्मरबहादुर थापाले भने, ‘तीन हप्ता मात्रै कुरौं, हाम्रो शक्ति स्पष्ट देखिनेछ।’ औपचारिक रूपमै पार्टी फुटिसकेको भन्दै उनले ओलीको तानाशाही प्रवृतिले कर्णालीका धेरै नेता नयाँ पार्टीमा सहभागी हुने दाबी गरे। 

एमाले प्रदेश कमिटीले भने एमालेको फुटले कर्णालीमा कुनै असर नगर्ने दाबी गरेको छ। ‘चित्त नबुझेका केही साथीहरू फाखा लाग्नु भएको छ, त्यसले पार्टीलाई खासै फरक पर्दैन,’ एमाले प्रदेश कमिटी अध्यक्ष गोरख बोगटीले भने, ‘थोरै असर त पर्ने भयो तर त्यति ठूलो अर्थ राख्दैन।’ प्रदेशका प्रभावशाली नेताहरू मूल पार्टीमै रहेको बताउँदै उनले दुई चार जना व्यक्तिको पछि जनताको भरोसा नहुने तर्क गरे। 

अहिले एमालेमा सुर्खेतका यामलाल कँडेल, सुर्खेतका ध्रुवकुमार शाही, पूर्व स्वास्थ्य राज्यमन्त्री नवराज रावत, दैलेखका विष्णु रिजाल, सल्यानका गुलावजंग शाह, जाजरकोटका करविर शाही, हुम्लाका गोरख बोगटी, पूर्व सामाजिक विकास मन्त्री दल रावल लगायत नेताहरू छन्।

प्रकाशित: Aug 20, 2021| 08:52 शुक्रबार, भदौ ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।