काठमाडौं । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेडमी नोट–१० प्रो सार्वजनिक गरेको छ।
सो कम्पनीले रेडमी नोट १० प्रो नविनतम फिचर्सहरुका साथ भित्राएको बताएको छ। यो १०८ एमपी क्यामरा, १२० हट्र्ज सुपर एमोलेड डिस्प्ले, क्वालकम स्न्यापड्रागन ७३२ जी, ईभोल डिजाइनका साथ उपलब्ध छ।
यो फोनमा चार क्यामरा दिइएको छ। जसमा १०८ एमपी मुख्य क्यामरा, ८ एमपी अल्ट्रा वाइड लेन्स, ५ एमपी सुपर म्याक्रो र २ एमपी डेप्थ सेन्सर छन् ।
यो फोन अन्य फोनको तुलनामा १५ प्रतिशत पातलो छ।
यसमा ६.६७ फुल एचडी सुपर एमोलेड डिस्प्ले जडान गरिएको छ। यस फाेनमा दुईवटा स्टेरियो स्पिकर छ, जसले प्रयोगकर्तालाई स्पष्ट र ठूलो आवाज दिन्छ।
सुरक्षित अनलकको लागि उपकरणमा साइड–माउन्ट फिंगरप्रिन्ट छ जसले डबल–ट्याप जेस्चरलाई सपोर्ट गर्दछ। सेल्फीका लागि १६ एमपीको पञ्च होल डिस्प्ले क्यामरा छ।
यसमा विशेष सुविधाहरु नाइट मोड २.०, भ्लग मोड, डुअल भिडियो, प्रो भिडियो मोड, म्याजिक क्लोन, लङ्ग एक्सपोजर मोड र अधिक मोडहरु दिइएको छ, जसले प्रयोगकर्ताहरूलाई अन्य कार्यका लागि प्रयोग गर्न सहज बनाउँछ।
यसमा ६ जीबी र्याम र १२८ जिबी स्टोरेज दिइएको छ। साथै ब्याट्री ५०२० एमएएच छ। प्रयोगकर्तालाई थोरै समयमा धेरै चार्ज होस् भनेर कम्पनीले फोनमा ३३ वाटको फास्ट चार्जिङ्ग सुविधा दिइएको छ।
यसमा कोर्निङ्ग गोरिल्ला ग्लास–५ छ जसले फोनलाई सामान्य गिरावटमा टुट्नबाट बचाउँछ। योे तीन रंगमा उपलब्ध छ। यसको मूल्य ३३ हजार ९ सय ९९ रूपैयाँ छ