आइतबार, जेठ ५, २०८२

शक्ति सन्तुलन र मन्त्रालय बाडफाँडको जिम्मा शीर्ष नेतालाई

सत्ता पक्षीय गठबन्धनको बैठकले शक्ति सन्तुलन र मन्त्रालय बाडफाँडको जिम्मा शीर्ष नेताहरूलाई दिने निर्णय गरेको छ।
 |  बुधबार, साउन १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, साउन १३, २०७८

 काठमाडौं- सत्ता पक्षीय गठबन्धनको बैठकले शक्ति सन्तुलन र मन्त्रालय बाडफाँडको जिम्मा शीर्ष नेताहरूलाई दिने निर्णय गरेको छ। 

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता पक्षीय गठबन्धनको बैठकले यस्तो निर्णय गरेको नेपाली कांग्रेसका महामन्त्री पूर्णबहादुर खडकाले जानकारी दिए। आजको बैठक सैद्धान्तिक बिषयमा मात्रै छलफल केन्द्रित रहेको थियो। 

न्यूनतम साझा कार्यक्रम चाडो टुंङ्गो लगाउन कार्यदललाई निर्देशन दिने निर्णय पनि भएको छ। 

बैठकमा नेपाली कांग्रेसबाट प्रधानमन्त्री देउवा सहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री पूर्णबहादुर खड्का, कृष्ण प्रसाद सिटौला, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, प्रवक्ता नारायण काजी श्रेष्ठ, जसपाबाट अध्यक्ष उपेन्द्र यादव, डा.बाबुराम भट्टराई, अशोक कुमार राई, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, उपाध्यक्ष दुर्गा पौडेल सहभागी थिए। यस्तै एमाले असन्तुष्ट माधव नेपाल समूहबाट भने डा. विजय पौडेल सहभागी थिए।

प्रकाशित: Jul 28, 2021| 11:40 बुधबार, साउन १३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...